लेखनाथ,१६ साउन।
आइतवार राती देखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं २७ को अर्घौचोकका विभिन्न पसलहरुमा वाडीको पानीले क्षेत्री पु¥याएको छ ।
रातीको समयमा विजयपुर नहरमा पानीको वगाव बढेपछि उत्त ठाउको बिशाल एग्रोस्टोर र सापकोटा बेकरीमा क्षेती पुगेको हो ।
बाडीका कारण नहर थुनिएर पसल भित्र हिलो पानी पस्दा बिशाल एग्रोस्टोरमा करिव चार लाख वरावरको क्षेत्री भएको संचालक विष्णु प्रसाद लामिछानेले जानकारी दिएका छन् ।
यसैगरि वाडीका कारण सापकोटा बेकरी भित्र पानी पस्दा डोकेरेसन सहित फ्रिजहरुमा क्षेती पुगेको संचालक बेल प्रसाद सापकोटाको भनाई रहेको छ ।
यसैबिच बाडी पिडितहरुलाई अर्घौ बजार ब्यवस्थापान समिति,लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटी,लेखनाथ उद्योग बाणिज्य संघ र डाडाकोनाक प्रहरीचौकीको सहयोगमा बाडी नियन्त्रण एवंम सरसफाईमा सहयोग पु¥याएका थिए ।
Discussion about this post