लेखनाथ,१६ साउन।
लेखनाथ निर्माण ब्यवसायि समितिले आफना सदस्यहरुका लागि भुकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धी सात दिने तालिम दिएको छ ।
निर्माण क्षेत्रमा लाग्ने जो कोहीले पनि सिप र कार्यकुशलतालाई ध्यान दिनु पर्ने सन्देस दिने उदेस्यले राखिएको कार्यक्रमको सुभारम्व गर्दै वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले तालिम प्रमाण पत्र लिनका लागि मात्र नभई सिक्ने र सिकाउने थलो भएकाले आफुले सिकेका कुरालाई ब्यवहारमा उतारेर आय आर्जनमा जोडिन आग्रह गरेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)प्रशिक्षक ई.याम बहादुर थापा,समितिका सस्थापक अध्यक्ष किसान सिंह गुरुङ,निवर्तमान अध्यक्ष राम बहादुर गुरुङ,लेखनाथ हाडवर्यस ब्यवसायी समितिका अध्यक्ष ऋषिराम जमरकटेल लगाएतले ब्यवहारीक र शौधान्तीक ज्ञानले मात्र मानिसमा निखरता ल्यायने विचार राखेका थिए ।
कार्यक्रम संयोजक तथा सस्थाका वरिष्ठ उपाध्यक्ष भीमबहादुर नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सदस्य तिलक बहादुर नेपालीले गरेका थिए ।
Discussion about this post