लेखनाथ १७ साउन ।
स्थापनाको छोटो समयमा उल्लेखि काम गर्दै आएको लायन्स क्लव अफ लेखनाथ चौतारी सामाजिक क्षेत्रमा अग्रसर हुदै वातावरणी र शिक्षाको क्षेत्रमा आफना गतिविधीलाई अगाडी वढाएको छ ।
यसै
क्रममा क्लवले सनिवार पोखरा २६ को रामज्योती माविमा बृक्षारोपण र विद्यार्थीहरुका लागि स्टेशनरी वितरण गरेको छ ।
क्लवको बार्षिक कार्यक्रम अन्तरगत विद्यालय परिसरमा वातावरण संरक्षणका लागि बिभिन्न जातका विरुवा लगाउनुको साथ विरुवा गोडमेलको अभियान संचालन गरेको छ भने सोही विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्याथीहरुका लागि पढाईमा सहयोग पुग्ने गरि स्टेशनरी वितरण गरेको हो ।
कार्यक्रमको सुभारम्भ गर्दै लायन्स क्लव ३२५ जे का जि एस टी कोडिनेटर राजु श्रेष्ठले लायन्स क्लवले समाजमा सकरात्म सन्देश दिनेखालका सामाजिक काम गर्दै आएको विचार राख्दै हुनेले नहुनेलाई सहयोग गर्नु नै लायन्सको मुख्य शिध्यान्त भएको धारणा राखेका थिए ।
लायन्स क्लव अफ लेखनाथ चौतारीका अध्यक्ष बुद्धिराज वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बृक्षाारेपण चिप जित बहादुर थापा,जोन चियर प्रसन घनश्याम ढुगाना,राजु बराल, रामज्योती माविका प्रधानाध्यापक गुमनाथ लामिछाने,डिष्ट्रक अफिसर रामचन्द्र सिडाई,लायन्स क्लव अफ पोखरा लेखनाथका अध्यक्ष आनन्द वजगाई,पोखरा उन्नती चौतारीका अध्यक्ष मोहनराज आचार्य,सुजना चौतारीका अध्यक्ष जनक बहादुर कार्की लगाएतले लायन्स अभियानका बारेमा जानकारी गराएका थिए ।
लायन्स क्लव अफ लेखनाथ चौतारीका उपाध्यक्ष मन प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव बिमला आचार्यले गरेकी थिईन ।
Discussion about this post