रामशरण नेपाली
लेखनाथ,३ पुस ।
सामाजिक क्षेत्रमा विशेष योगदान गर्दै आएको सूर्य तारा क्लव गण्डकी प्रदेशले आयोजना गरेको ‘भेट्रान्स ५–ए साइड फुटसल’ प्रतियोगिताको उपाधी तुलाचन एफ.सी. खाल्टे मसीनाले हात पारेको छ ।
आईतबार पोखरा २७ तालचोकस्थित काइट्स स्पोर्टसमा सम्पन्न फाईनल खेलमा चाउथे एफ.सी. लाई ७–२ को फराकिलो अन्तरले पराजित गर्दै तुलाचन एफ.सी. ले उपाधी हात पारेको हो ।
यस अघि सम्पन्न सेमीफाईनलमा दिप युनाईटेडलाई पराजीत गर्दै तुलचन एफसी ले फाईनको यात्रा तय गरेको थियो भने उप–विजेतामा सिमित चाउथे एफसी ले अमरसिंह एफसीलाई सेमीफाईनलमा पराजीत गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी तुलाचन एफसीका निश्चल तुलाचनले हात पारेका छन भने उत्कृष्ट गोलकर्ताको उपाधी चाउथे एफसीका सुविन श्रेष्ठले हात पारेका छन । प्रतियीगिताको अनुशासीत टिममा दिप युनाईटेड पर्न सफल भएको छ ।
उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिएको छ ।
कार्यक्रममा विजयी खेलाडीलाई कास्की रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले नगद पुरस्कार, मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए ।
Discussion about this post