• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

१७ औं लेखनाथ महोत्सव माघ १३ बाट २४ गतेसम्म हुने

Lekhnath Khabar by Lekhnath Khabar
December 19, 2021
in समाचार, स्थानीय
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
मंसिर १२, लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी माघ १३ गतेबाट २४ गतेसम्म हुने भएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव गत वर्ष कोरोना महामारीका कारण स्थगीत भएको थियो ।

समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा २७ को तालचोक स्थीत डाँडाकोनाकमा हुने महोत्सवमा तिन सयवटा स्टल रहने र महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिएका छन् ।

संघका सदस्यलाई प्राथमिकतामा राख्दै १० प्रतिशत छुटमा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । अन्य सर्वसाधारणका लागि पुस ११ गतेबाट स्टल बुकिङ खुल्ला रहने छन् ।

महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ९० लाख रूपैयाँ खर्च भई १५ लाख रूपैयाँ बचत हुने अपेक्षा गरिएको प्रचार प्रसार उप समितिका संयोजक तथा संघका द्धितिय उपाध्यक्ष गोपिचन्द्र वास्तोलाले जानकारी दिएका छन् ।

विश्वभर फैलीएको कोराना महामारीको प्रभाव नेपालमा कम भईसकेको अवस्थामा महामारीका कारण प्रभावित स्थानीय व्यवसायीहरुको पुनरुत्थानमा महोत्सवले सकारात्मक भुमिका खेल्ने वास्तोलाले वताए ।

महोत्सवलाई ब्यवस्थित रुपले संचालनका लागि आठ सदस्यीय निर्देशक समिति, ३६ सदस्यीय सल्लाहकार समिति र ४९ सदस्यीय कार्यसम्पादन समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

संघका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, खानालगायतको प्रदर्शनी गरिनेछ ।

त्यस्तै ख्याती प्राप्त कलाकारहरुको दोहोरी, पप कन्सर्ट, हास्य प्रहसन रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा वाल उद्यान, खाना महोत्सव र राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाईभ म्यूजिक कन्सर्ट र खेलकुद कार्यक्रमलाई पनि यस वर्ष जोडिएको छ ।

कार्यक्रममा नेपाली काग्रेसका सह महामन्त्री जिवन परियारले देश विकासका लागि सरकारले मात्र गरेर केही नहुने हुदाँ निजी क्षेत्रको सहयोगले मात्र अगाडी वढ्नु पर्ने आवस्यकता औल्याउदै लेखनाथमा गण्डकी प्रदेश स्तरिय औधोगीक क्षेत्र स्थापनाका लागी आफुले सक्दो सहयोग गर्ने उहाँको भनाई रहेको थियो ।

सोही अवसरमा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकालले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई चलायमान वनाउन महोत्सव सहयोग सिद्ध हुने भएकाले स्वास्थ्यका सम्पुर्ण विधीहरु अपनाएर महोत्सव संचालन गर्नु पर्ने सुझाव राखेका थिए ।

संघका अध्यक्ष छत्रधर आत्रेको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र कार्यक्रम संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले गरेका थिए ।

Previous Post

सूर्य तारा भेट्रान्स फुटसलको उपाधी तुलाचन एफ.सी. लाई

Next Post

पोखरामा मन गुरुङ एटाएर फेसन नाईट हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरामा मन गुरुङ एटाएर फेसन नाईट हुने

पोखरामा मन गुरुङ एटाएर फेसन नाईट हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?