• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मनोरञ्जन

पोखरामा मन गुरुङ एटाएर फेसन नाईट हुने

Lekhnath Khabar by Lekhnath Khabar
December 19, 2021
in मनोरञ्जन, मुख्य समाचार, समाचार
0
0
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ४ पुस
कोभिड महामारीले मनोरञ्जन क्षेत्रमा पुरै ध्वस्त बनाएको अवस्थामा सिनेमा प्रदर्शनले यसलाई केही भएपनी मलमपट्टि लगाउने प्रयास गरेका छन् । मनोरञ्जन तथा फेसनका कार्यक्रमहरु त झन् ठप्प जस्तै बनेको बेलामा यहि पुसको २३ गते, शुक्रबार  पोखरामा “मन गुरुङ एटाएर फेसन नाईट” हुने भएको छ ।
मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल नीति शाह मुख्य आर्कषण रहने उक्त कार्यक्रममा पोखराका चर्चित १० जना मोडलहरुले र्‍याम्प शेयर गर्नेछन् ।

अंग्रेजी नयाँ वर्षको एक हप्ता पछि अर्थात जनवरी ७ मा हुने फेसन नाईटमा पोखरा देखि फेशन डिजाइनको सुरुवात गरेकी फेशन डिजाईनर मन गुरुङले निर्माण गरेका विभिन्न थरिका पोशाकहरुको विशेष प्रदर्शनी हुने आयोजक संस्था एस.टि. क्रियशन म्यानेजमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।

डेन्टल बिषयमा डिप्लोमा सकेर डेन्टल हाईजिनिस्टको रुपमा कार्यरत समेत रहेकी गुरुङले आफ्नो रुचिको बिषय फेसन डिजाइन भएकोले सन् २०१७ मा पोखराकै एक मात्र फेशन कलेज आई.एफ.सी फेसन कलेज बाट डिप्लोमा ईन फेसन डिजाईनिङ कोर्स गरेकी थिईन् । पोखरामा आयोजना हुने विभिन्न फेसन सो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गरिसकेकी छ्न् । “यो मेरो एकल पहिलो फेसन सो हो, आफुले सिकेको सिप र कलालाई कार्यक्रमका माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा फरक नाम लेखाउने उदेश्य बोकेर कार्यक्रम लिएर आएकि छु । म आशावादी छु कि यस कार्यक्रमलाई सबैले सफल बनाउन साथ र सहयोग गर्नु हुनेछ।” -उनी भन्छिन् ।

कार्यक्रमबाट खर्च कटाएर बचेको रकमबाट पोखरामा रहेका फरक क्षमता भएका करिब २० जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्ने उदेश्य रहेको कार्यक्रमका प्रमुख सल्लाहकार तथा सामाजिक अभियन्ता समेत रहेका राम रानाभाटले जानकारी दिएका छन् ।

पोखराको लेकसाईड स्थित कुटी रिसोर्टमा संचालन हुने कार्यक्रममा फेशन शो संगै बिशेष साँगितिक प्रस्तुती रहने कार्यक्रम संयोजक सचिन रानाभाटले जानकारी गराए । करिब २ घण्टा सम्म चल्ने उक्त कार्यक्रम टेलिभिजन र सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ ।

मोडल तथा कोरियोग्राफर जेनिता मगरले उक्त फेशन नाईटको कोरियोग्राफी गर्ने कार्यक्रमलाई ईनिशा दुरामगरले संचालन गर्नेछिन ।

Previous Post

१७ औं लेखनाथ महोत्सव माघ १३ बाट २४ गतेसम्म हुने

Next Post

सम्मान एवं सास्कृतीक कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सम्मान एवं सास्कृतीक कार्यक्रम सम्पन्न

सम्मान एवं सास्कृतीक कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?