• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

सोमबारदेखि वडास्तरीय व्याडमिन्टन प्रतियोगिता

Lekhnath Khabar by Lekhnath Khabar
December 19, 2021
in खेलकुद, स्थानीय
0
0
SHARES
288
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, पुस ४
पोखरा महानगरपालिका खेलकुद विकास समिति कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगरले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको हो ।

महानगर खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टनसँगै महानगरपालिका खुल्ला टेवल टेनिस प्रतियोगिता समेत आयोजना गरेको छ । व्याडमिन्टन प्रतियोगिता व्याडमिन्टन कभर्ड हलमा सोमबार र मंगलबार हुने छ भने टेबल टेनिस प्रतियोगिता मंगलबार र बुधबार हुने छ ।

महानगर खेलकुद विकास समिति गठनपछि यो दोस्रो र तेस्रो प्रतियोगिता हुन् । पहिलो प्रतियोगिताको रुपमा महानगर खेलकुद विकास समितिले १० किलोमिटर खुल्ला दौड प्रतियोगिता गत असोजमा आयोजना गरेको थियो । व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता खास गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै नवप्रतिभा खेलाडी प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।

महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले व्याडमिन्टनमा ८० खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । टेबल टेनिसमा ५० जना खेलाडीले सहभागिता जनाउने उनले बताए । व्याडमिन्टन बेष्ट अफ थ्रीमा खेलाईने छ । टेबल टेनिस भने लिगको आधारमा खेलाईने छ ।

ब्याडमिन्टन प्रतियोगितामा ८० जना खेलाडीहरु र टेबुल टेनिस प्रतियोगितामा ५० जना खेलाडीहरुले पुरुष/महिला सिङ्गल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने खेलाडी साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्धारा पुुरस्कृत गरिने उनले बताए ।

च्याम्पियन वडालाई ट्रफिद्धारा पुरस्कृत गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ । ब्याडमिन्टन प्रतियोगिताका लागि ब्याडमिन्टन राष्ट्रिय खेलाडी भुगोल गुरुङ र टेबुल टेनिस प्रतियोगिताका लागि टेबुल टेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी संयोजक रहेका छन।

अन्र्तराष्ट्रिय पदकधारी खेलाडी साफ मेडलिस्ट पुनम गुरुङ र अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुर्याए बापत टप्स माध्यामिक बिद्यालयलाई सम्मान गरिने समेत समितिले जनाएको छ ।

Previous Post

सूर्य तारा क्लवको भेट्रान्स फुटसल सुरु, उद्घघाटन खेलमा आयोजकको जित

Next Post

सूर्य तारा भेट्रान्स फुटसलको उपाधी तुलाचन एफ.सी. लाई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
सूर्य तारा भेट्रान्स फुटसलको उपाधी तुलाचन एफ.सी. लाई

सूर्य तारा भेट्रान्स फुटसलको उपाधी तुलाचन एफ.सी. लाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?