रामशरण नेपाली
लेखनाथ,३ पुस ।
सामाजिक क्षेत्रमा विशेष योगदान गर्दै आएको सूर्य तारा क्लव गण्डकी प्रदेशले आयोजना गरेको ‘भेट्रान्स ५–ए साइड फुटसल’ प्रतियोगिता शनिबारबाट पोखरा २७ तालचोकस्थित काइट्स स्पोर्टसमा सुरु भएको छ ।
आइतवार सम्म गरी दुई दिन सञ्चालन हुने प्रतियोगिताको उद्घघाटन गर्दै हरिनास गाउँपालिका स्याङ्गजाका अध्यक्ष खिमनारायण मानन्धरले राष्ट्रको निम्ति खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने विचारलाई आत्मसाथ गर्दै गाउँपालिकाले आफ्ना गतिविधिहरु अगाडी वढाएको र हरेक नागरकिलाई स्वस्थ राख्ने वातावरण तयार पार्न राज्यले खेलक्षेत्रमा लगानी गर्नुपर्ने वताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष चेत बहादुर गुरुङ, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु प्रसाद बराल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सरस्वती श्रेष्ठले गरेकी थिईन ।
शनिबार नै सम्पन्न भएको उद्घाटन खेलमा आयोजक सुर्य तारा कल्ब (रातो)ले र शिशुवा भेट्रान्स माथी जित दर्ता गरेको छ । अन्य खेलमा ड्यामसाईड र तुलाचन एफ सि बिचको खेलमा तुलाचन एफसि बिजयी भएको छ भने बाराही एफ सि र मर्दी एफसि माथी जित हासिल गरेको छ ।
त्यसै गरी अमरसिंह एफ सि र मयुर टाईम्स बिचको खेलमा अमरसिंह एफ सि बिजयी भयो भने आदर्श क्लव र भदौरे बिचको खेलमा आदर्श क्लब बिजयी भएको आयोजक संस्थका अध्यक्षका विष्णु पुनले जानकारी दिएका छन् । त्यसै गरी चाउथे एफसिले मालेपाटन एफसी माथी जित दर्ता गरेको छ । शनिवार नै सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा आयोजक रातो सूर्य तारा क्लव तुलाचन एफसी संग पराजित हुँदै खेलबाट बाहिरिएको छ ।
३० वर्ष माथीका खेलाडीले सहभागिता जनाउन पाउने प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु आइतबार हुने र फाइनल खेल दिउसो २ बजे शुरु हुने प्रतियोगिताका संयोजक समेत रहेका पुनले जानकारी दिए । समापन कार्यक्रममा विजयी खेलाडीलाई कास्की रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले नगद पुरस्कार, मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगितामा उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई समान नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिने छ ।
Discussion about this post