लेखनाथ,३ पुस ।
पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा शाहाकारी भोजनालयको रुपमा जुलेवी स्वीट् एण्ड बेकरी संचालनमा ल्याईएको छ ।
स्वदेशमा नै केही गरौं भन्ने उच्च अभिलासाका साथ एम वी सम्मको अध्यान पुरा गरेका दुई युवा दिपेश सापकोटा र अनिल गौतमले करिव ३५ लाखको लागतमा शाहाकारी भोजन गर्नेहरुलाई मध्यनजर गर्दै खाना देखि खाजासम्मको ब्यवस्था हुने गरि स्वीट् एण्ड बेकरी संचालनमा ल्याएका हुन् ।
कुनै पनि कामलाई सानो र ठुलो नभनी रोजगारका लागि विदेशिनु नै पर्छ भन्ने छैन भन्दै खोलीएको स्वीट् एण्ड बेकरीको एक कार्यक्रमका विच लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उद्घाटन गरेका थिए ।
Discussion about this post