• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बिउ व्यवसायी संघ गण्डकीको अध्यक्षमा सुवेदी

Lekhnath Khabar by Lekhnath Khabar
December 18, 2021
in समाचार, स्थानीय
0
0
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ,३ पुस ।
नेपाल बिउ व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा कुलप्रसाद सुवेदी चयन भएका छन । संस्थाको शनिबार सम्पन्न चौथौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा वैकुण्ठनाथ मिश्र, द्धितीय उपाध्यक्षमा गौरीश्वर कँडेल, महासचिवमा कृष्ण प्रसाद तिवारी, सचिवमा सेरेशचन्द्र घिमिरे, कोषाध्यक्षमा परशुराम गैह्रे, सदस्यहरुमा गंगा तिम्सिेना, अमृत कुमार श्रेष्ठ, टिकाराम सापकोटा, निरज मरासिनी, विनोद कार्कि, पुण्य कुमारी कुमाल, पिताम्बर गौतम, बाबुराम पौडेल र भगवान पराजुली रहेका छन ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. हरि ब. केसीले राज्य, निजि क्षेत्र र सहकारीको प्रयासबाट मात्र परिवर्तन सम्भव रहेको वताउँदै विउ व्यवसायीहरुको समस्याका विषयमा छलफल र सुधारका प्रयासहरु भईरहेको वताएका थिए ।

उनले बिउबिजनको आयातलाई प्रतिस्थापन गर्दै उत्पादनमा पनि जोडिनुपर्ने वताउँदै यसको लागि प्रदेश सरकार सदैव तयार रहेको वताएका थिए ।

यस्तै गण्डकी प्रदेश कृषि विकास निर्देशानलयका निर्देशक वासुदेव रेग्मीले स्थानिय एवं उन्नत जातका विउ विलुप्त भएर गएको खण्डमा त्यसको क्षतिपुर्ति राज्यले व्यहोर्न नसक्ने वताउँदै बिउ सुरक्षालाई पनि राष्ट्रिय सुरक्षा भन्दा माथिल्लो स्थानमा राख्नुपर्ने वताएका थिए ।

कार्यक्रममा नेपाल बिउ व्यवसायी संघका कार्यवाहक अध्यक्ष मणिदेव भटृराई, बिउबिजन प्रयोगशाला गण्डकी प्रदेशकी कमलादेवी श्रेष्ठ, पोखरा महानगरपालिका पशुपंक्षी तथा कृषि महाशाखाका प्रमुख मनहर कडरीया, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, पर्वत जिल्ला बिउ व्यवसायी संघकी अध्यक्ष गंगा तिम्सिेना, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेशकी अध्यक्ष वसन्ता श्रेष्ठ, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख अजय अधिकारी कृषि ज्ञान केन्द्र कास्की तथा कास्की जिल्ला विउ समन्वय समितिका संयोजक शालिकराम अधिकारी लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बुद्धिप्रसाद बाँस्तोला, दिपशीखा महिला कृषि सहकारीकी अध्यक्ष गोमादेवी आचार्य लगायतले बोलेका थिए ।

संघका अध्यक्ष कुल प्रसाद सुवेदीको अध्यक्षामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव कृष्ण प्रसाद तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले गरेका थिए ।

Previous Post

भु पु खानेपानीको साधारण सभा

Next Post

जुलेवी स्वीट् एण्ड वेकरी संचालनमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जुलेवी स्वीट् एण्ड वेकरी संचालनमा

जुलेवी स्वीट् एण्ड वेकरी संचालनमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?