लेखनाथ,३ पुस ।
पोखरा महानगरपालिका वडा नं २९ र ३० वासिन्दालाई शुद्ध खानेपानीको ब्यवस्था मिलाउदै आएको भु पु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश विकास समितिका संयोजक दिपक कोईरालाले समाजका लागि एकताबद्ध भएर स्थानियवासीले गरेको काममा सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउदै ईमान्दारीताका साथ गरिएको कामले सवैलाई फाईदा हुने धारणा व्यक्त गरेका थिए ।
कोईरालाले संघियताले खर्च बढाएको होईन यो राज्य ब्यवस्थाले विकासका पुर्वधारहरु निर्माण गरेको ठोकुवा समेत गरेका थिए ।
संस्थाका अध्यक्ष सुवेदार मोहन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण महिलाहरुको तर्फबाट बुद्धि कुमारी गुरुङ र निवर्तमान अध्यक्ष सुवेदार तेज बहादुर गुरुङले स्थानिय स्तरबाट संचलनमा आएको योजनाले उपभोक्तालाई सहज रुपमा पिउने पानी उपलब्ध गराएको वताएका थिए ।
सस्थाका उपाध्यक्ष हवल्दार राम बहादुर गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव नीरबहादुर गुरुङले गरेका थिए ।
Discussion about this post