उत्तम सुनार
पोखरा, ११ भदौ । भरतपुर महानगरपालिका – २९ सेती दोभान र पाँचकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा बन्द भएको छ । लगातारको बर्षाका कारण बिहिबार राति ८ बजेको समयमा खसेको पहिरो कारण सडक दुईतर्फी रुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी चितवनका प्रहरी निरीक्षक भगवान राज थापाले जानकारी दिएका छन् ।
पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेकाले यातायात सेवा ठप्प भएको छ । सडकको पहिरो पन्छाउन आज बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ । तैपनि पहिरोको जोखिम कायम नै रहेको र यातायातका साधनहरु जाम भएकाले नारायणगढ–मुग्लिङ सडक हुदै यात्रा गर्ने सवारीसाधनहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरिएको छ ।
Discussion about this post