पोखरा । पोखराको सिद्धार्थचोकमा रहेको माया ब्रिटिस एजुकेशनले मास्क वितरण गरेको छ । विद्यमान कोरोना महामारीमा सहयोग गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालयलाई मास्क वितरण गरेको हो ।
दुवै कार्यालयमा २५/२५ सय थान सर्जिकल मास्क बितरण गरिएको र प्रहरीहरु सँग मिलेर सामाजिक कार्य गर्न पाउँदा खुसि लागेको माया ब्रिटिस एजुकेशन पोखरा शाखा प्रमुख संजय सुवेदीले जानकारी दिए । सोही क्रममा संस्थाको परिचय दिदैं सुवेदीले माया एजुकेशनले बिदेश अध्ययन गर्न जान इच्छुक तर कम अंक प्राप्त गरेका तथा लामो शैक्षिक अन्तर (ग्याप) भएका विद्यार्थीलार्ई सहजिकरण गर्ने उद्देश्यका साथ फाउन्डेशन कोर्ष सञ्चालन गरेको बताए ।
साथसाथै माया एजुकेशनका प्रशासन प्रमुख रोहन जंग कार्कीले माया एजुकेशनल विद्यार्र्थीलाइ अध्यापन गराउनुका साथै बिभिन्न सामाजिक कार्यहरुमा पनि सरिक हुँदै आएको तथा आगामि दिनहरुमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा संस्थाका सञ्चालक अप्सरा अधिकारी तथा काउन्सीलर बिबेक क्षेत्री लगायत उपस्थित थिए ।
मास्क ग्रहण गर्दै नेपाल प्रहरिको तर्फबाट सहायक प्रहरी निरिक्षक थानेश्वर चापागाइँले माया एजुकेशनको सहयोग प्रति खुसि ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरे । यस्तै ट्राफिक कार्यालयको तर्फबाट शिब पाठकले मास्क ग्रहण गरेका थिए ।
Discussion about this post