• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

संघमा बटुलेको लामो अनुभव प्रयोग गर्नेछु : वरिष्ठ उपाध्यक्षका उम्मेदवार अधिकारी

Lekhnath Khabar by Lekhnath Khabar
August 27, 2021
in अर्थ खबर, समाचार, हेडलाईन
0
0
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १३ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा व्यवसायी भरत कुमार अधिकारीले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका । भावि अध्यक्षका रुपमा समेत हेरिने उक्त पदमा अधिकारीले उम्मेदवारी दिंदा उद्योगी तथा व्यबसायीहरु समेत उत्साहित बनेका छन्।

संघको १२ औं अधिवेशनमा अध्यक्ष पदको दावेदार गरिरहंदा अन्त्यमा बलराम ढकाललाई सर्वसम्मत नेतृत्व सुम्पेका अधिकारीले ढकालको कार्यकालमा २४ महिना सल्लाहकार बनेर बसेका हुन्। बि सं २०६६ मा कार्यसमिति सदस्य हुँदै उद्योग वाणिज्य संघ प्रवेश गरेका अधिकारी २ कार्यकाल सदस्य, २ कार्यकाल उपमहासचिव र १ कार्यकाल महासचिव बनेर संघलाई महत्त्वपूर्ण योगदान दिएका ब्यक्ति हुन्। व्यक्तिगत व्यबसायमा समेत अब्बल मानिएका अधिकारीको वरिष्ठ उपाध्यक्षमा परेको उम्मेदवारीलाई उद्योगि, व्यबसायीहरुले सकारात्मक अपेक्षा गरेका छन्।

उम्मेदवारी दर्ता गरिसकेपछि मतका लागि उद्योगी, व्यवसायीहरुसँग आज सम्मको कामको मुल्यांकन गरेर सक्षम व्यक्तीलाई वाणिज्य संघमा स्थान दिन अनुरोध समेत गरेका छन् ।
अधिकारी भन्छन् – “संघमा लामो समयसम्म विभिन्न पदमा रहेर काम गरेको मेरो अनुभवलाई प्रयोग गर्दै वरिष्ठ उपाध्यक्षमा रहेर हिजो जस्तै व्यबसायीहरुको हक, हित संरक्षण र कोभिड महामारीले पीडित व्यबसायीहरुको हितमा आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

“संघमा आवद्ध भएका धेरै व्यबसायीहरुको समस्या बुझेको छु, त्यै माथी कोरोनाले व्यबसायबाट पलायन हुनेको संख्या दिनदिनै बढेको छ। उसो त वाणिज्य संघको आम्दानीले संस्था नै चलाउन मुस्किल परेको समयमा नयाँ आम्दानीका बाटो खोज्नु अपरिहार्य छ। सोको नेतृत्व गर्दै संघलाई अझै बलियो बनाउने हाम्रो अर्जुनदृष्टि रहनेछ” – उनी भन्छन् ।

अधिकारी ग्लास एण्ड हार्डवयर सेन्टरका सञ्चालक रहेका अधिकारी ग्यालेक्सी पेन्ट प्रालि भैरहवाका अध्यक्ष हुन् । माता हारती हार्डवयर प्रालि पोखराका अध्यक्ष रहेका उनि कोहोलपुर आरएमसीका बोर्ड डाइरेक्टर हुन् । लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका संस्थापक अध्यक्ष अधिकारी लेखनाथ हार्डवयर एसोसिएसनका वरिष्ठ सल्लाहकार हुन् । पोखरा हार्डवयर एसोसिएसनको पूर्व उपाध्यक्ष भएर काम गरिसकेका अधिकारी विभिन्न संघ संस्था तथा सामाजिक संस्थामा समेत आबद्ध छन् । संघको २५ औं साधारणसभा तथा १३ औं महाधिवेशन यहि भदौ १८ र १९ गते तोकिएको छ।

 

Tags: भरत कुमार अधिकारीलेउवा संघवरिष्ठ उपाध्यक्ष
Previous Post

सेती दोभान र पाँचकिलोमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

Next Post

पोखराका गणेशबहादुर भट्टराईसहित दर्जन पर्यटन व्यवसायी कांग्रेसमा प्रवेश

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखराका गणेशबहादुर भट्टराईसहित दर्जन पर्यटन व्यवसायी कांग्रेसमा प्रवेश

पोखराका गणेशबहादुर भट्टराईसहित दर्जन पर्यटन व्यवसायी कांग्रेसमा प्रवेश

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?