• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home जीवनी

पाइल्स र यसमा क्षारसुत्रको उपयोगिता

Lekhnath Khabar by Lekhnath Khabar
June 6, 2021
in जीवनी, विचार/ब्लग, स्थानीय
0
डा. नरेन्द्र लामिछाने पन्चामृत आयुर्वेद ९८५७८३४८६२

डा. नरेन्द्र लामिछाने पन्चामृत आयुर्वेद ९८५७८३४८६२

0
SHARES
843
VIEWS
Share on FacebookShare on Twitter
डा. नरेन्द्र लामिछाने
पन्चामृत आयुर्वेद
९८५७८३४८६२

अहिलेको समयमा धेरै मान्छेको मुख बाट सुनिने शब्द हो पाइल्स | बोली चालीको भाषामा यसलाई पाइल्स को अलवाबबासिर, अर्श, हर्साजस्ता बिभिन्न नामले चिनिन्छ | पाइल्स मलद्वारमाहुने एक प्रकारको रोग हो | मेडिकल भाषामा यसलाई haemorrhoids पनि भनिन्छ | मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुनेबिभिन्नसमस्या नै पाइल्स हो |सामान्यतया यसको उपचार खानपान र जीवनशैली परिवर्तन गरेर गर्न सकिन्छ भने जटिल अवस्थामा पुगेमा शल्यक्रिया गर्नुपर्ने हुन्छ | मानिसहरु यो रोग गुप्त रोग भएको कारणले देखाउन र जचाउन लाज मान्नेपरिपाटी धेरै छ | धेरै मानिसहरुले यो रोगलाई सामान्य रुपमा लिएर लापारवाही गरेको पनि देखिन्छ | सामान्य रोग लापारबाहीको कारणले ठुलो रूप लिन पनि सक्दछ |

पाइल्स रोगको कारण :

१.वंसाणुगत : परिवारमा कसैलाई पाइल्स छ भने आउने पिडीलाइ पनि पाइल्स देखिन सक्छ |

२.कब्जियत: पाइल्स रोगको मूल कारण नै कब्जियत हो | कब्जियतहुदा दिशा गर्दा बल गरिन्छ जसले  गर्दा रक्तशिरामा असर गर्दछ र रक्तशिरा तन्काइदिन्छ र सुनिएको जस्तो देखिन्छ |

३. आहारर बिहार ( जीवनशैली) : धेरै चिल्लो,पिरो, भुटेको, तारेको खानेकुरा खायो भने पनि पाइल्स रोग हुन सक्दछ | पानी कम पिउने, शारीरिक व्यायाम नगर्ने वा धेरै गर्ने, मद्यपानर धुम्रपानको आधिक सेवन गर्ने, माछा मासुको अधिक सेवन गर्नाले पनि पाइल्स हुन सक्दछ |मोटोपन भएको व्यक्तिलाई  पाइल्स हुने सम्भावनाधेरै हुन्छ |

४.गर्वावस्था: सुत्केरी अवस्था वा गर्भावस्थामा धेरै राजसिक आहारको सेवन गर्ने तथा पाचन क्रियामा समस्या हुने कारणले थुप्रै महिलामा यो समयमा पाइल्स हुने गरेको देखिन्छ |

५. मानसिक तनाब तथाअनिन्द्रा: अधिक तनाब लिनाले पाचन क्रियामा असर गर्दछ जसको कारण पाइल्स रोग हुन सक्दछ |

६. अधारणीयबेगको धारण गर्ने : दिशापिसाब लाग्दा रोकेर राख्ने रयसको कारणले पाइल्स हुन सक्दछ |

पाइल्सको मुख्य लक्षण :

  • मलद्वारको वरिपरी चिलाउने |
  • मलद्वारमादुख्ने, सुन्निने र रातो हुने |
  • दिशा गर्दा रगत वा सिगान जस्तो पदार्थ देखा पर्ने | कहिले दुखेर र कहिले नदुखी पनि रगत देखा पर्न सक्दछ |
  • मलाद्वारमासानो वा ठुलोमासुको डल्लो देखा पर्ने |

पाइल्सको अवस्था:

अवस्थानुसार पाइल्स ४ प्रकारको हुन्छ |

पहिलो अवस्था :दिशा गर्दा अप्ठ्यारो हुने,पेट फुले जस्तो हुने, दिशा गर्दा लामो समय लाग्ने र दिशा धुँदा हल्का मासुको डल्लो हातले भेटिन्छ| यो अबस्थामा साधारण खानपान परिवर्तन गरेमा रोग निको पार्न सकिन्छ |

–दोस्रो अबस्था: दिशा गर्दा मासु हल्का बाहिर आउने तर पछि आफै जाने । कसैकसैमा दिशामा रगत [पनि आउन सक्छ । यो अवस्थामा औषधिको सेवन गरेमा रोग निको पर्न सकिन्छ |

–तेस्रो अबस्था: मलद्धारको वरीपरी तीन ठाउँबाट मासुको डल्ला देखिन्छ । दिशा गरेर उठेपछि त्यो मासुका डल्लालाई ठेलेर भित्र पठाउनु पर्ने हुन्छ | यो शल्यक्रिया गर्नुपर्ने अवस्था हो |

–चौथो अवस्था: मासु बाहिर आएपछि घचाटेर पनि भित्र लान गाह्रो पर्छ वा भित्र जादैन | यो पनि शल्यक्रिया गर्नुपर्ने अवस्था हो र यदि शल्यक्रियानगरेमा जटिल समस्या उत्पन्न हुन सक्दछ |

पाइल्स हुदा वा हुन नदिन के कुरा खाने र गर्ने ?

  • नियमितव्यायामगर्ने |
  • फाइवर भएको खानेकुरा र फलफुलको नियमित सेवन गर्ने |
  • लामो समय सम्म एकै ठाउमा नबस्ने तथा दिशालागेको बेलामा नरोक्ने|
  • धुम्रापान तथा मध्य्पानाकोसेवन नगर्ने |
  • दिशा गर्दा धेरै बल नलगाउने तथा कब्जियत हुने खानेकुराहरूकम गरि दैनिक सागपातहरू सेवन गर्ने |
  • मासु तथा मासुजन्य पदार्थको अधिकसेवन नगर्ने |

 पाइल्सको उपचार :

पाइल्सको उपचार गर्ने भन्दै बजारमा अनावस्यकहल्ला फिजाउने, महँगो शुल्क लिएर दर्ता नभएको औषधि र अनुचित बिधि प्रयोग गरि पाइल्स सन्चो बनाइदिन्छु भन्ने धेरै छन्  । उनीहरु पाइल्सको उपचारको लागि आधिकारीक व्यक्ति होकी होइनन् भन्ने कुराजान्न जरुरि छ | साधारणरुपमा चौथो अवस्थाको पाइल्स रजटिल अवस्थाको तेस्रो अबस्थाको पाइल्स ,जटिल खालका संक्रमण वा थ्रोम्बोसिस (पाइल्सभित्र रगत जमेको अवस्था) मा मात्र शल्यक्रिया आवश्यक देखिन्छभनेपहिलो र दोश्रोअवस्थाकोपाइल्स त रगत जाँच र सुई पनि नलगाई औषधिको प्रयोगले उपचार गर्न सकिन्छ।

  • पहिलो र दोश्रो अबस्थाको पाइल्सकोजीवनशैलीपरिवर्तनतथासामान्य औषधिसेवन गर्नाले नै सन्चो हुन्छ |
  • तेस्रो र चौथोअवस्थाकोपाइल्सलाइशल्यक्रियागर्नुपर्दछ| यसमापनि तेस्रो र चौथो अवस्था सुरु हुने बेलाको पाइल्सलाइ आयुर्वेदमाबर्णन गरेको अनुसार क्षारसुत्र गर्नु निकैउपयुक्त हुन्छ |

के हो क्षारसुत्र बिधि?

यो एक औषधि युक्त धागो प्रयोग गरि गरिने प्रकिया हो | क्षारसुत्रभनेको क्षारयुक्त धागो हो र यो धागो प्रयोग गरिने विधिलाई क्षारसुत्र बिधि भनिन्छ| शल्यक्रिया गर्नु भन्दा यो बिधि धेरै कुराले सहज हुने भएर नै अहिले क्षारसुत्र विधिको प्रचलन चल्दै आएको हो | यसको फाइदा निम्न प्रकार छन् :

  • उपचार गर्न समय कम लाग्छ र धेरै जोखिमहुदैन|
  • छिटो सन्चो हुने र बिधि गरेको ३-४ दिनमा नै आफ्नो नियमित काममा फर्किन सकिन्छ |
  • बिरामीजटिल समस्या बाहेक हस्पिटलमा बस्नुपर्दैन |
  • यस प्रक्रियामा पुनःसमस्या दोहोरिने मौका कम हुन्छ|
  • लागतको हिसाबमायो प्रक्रियासर्वसुलब छ|

Previous Post

पोखरा विश्वविद्यालयमा विभिन्न पदहरुमा नियुक्ति

Next Post

“जेसिज प्रतिभा” कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
“जेसिज प्रतिभा” कार्यक्रम सम्पन्न

"जेसिज प्रतिभा" कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?