जेष्ठ २६!
लेखनाथ जुनियर जेसिज र नेपालगञ्ज जुनियर जेसिज द्वारा संयुक्त रुपमा आयोजना गरिएको “जेसिज प्रतिभा” कार्यक्रम निकै सफलता पूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम नेपालगन्ज जुनियर जेसिस बर्ष 2021 का अध्यक्ष बसन्त बस्नेत ज्यू र लेखनाथ जुनियर जेसिस वर्ष 2021 की अध्यक्ष जु. जेसी शिवानी केसी ज्यू द्वारा अगाडि बढाइएको थियो।
यस कार्यक्रममा नेपाल जेसिजका राष्ट्रीय अध्यक्ष जे.सी सेन. अरुनेश्वर खनाल ज्यु प्रमुख अतिथी हुनुहुन्थ्यो भने सभाअध्यक्ष को रुप मा लेखनथ जुनियर जेसीज कि अध्यक्ष शिवनी कि सी हुनुहुन्थ्यो साथै , नेपाल जेसिज, जुनियर जेसिजका सम्पुर्ण पदाधिकारी हरुको गरिमामय उपस्थिति रहेको थियो।
१२५ जना को उपस्थिति रहेको यस कार्यक्रमममा २८ जना सहभागी भएको थिए। यस माध्यमले जुनियर जेसीजमा लुकेका कलाहरु लाई उजागर गरेको छ। जुनियर जेसीजले आफ्नो नाँच, गाना, कविता, गजल, कथा जस्ता विभिन्न विधामा आफ्नो कला प्रस्तुत गरेका थिए। विभिन्न संस्कृतिलाई पहिचान गराउने नाँच र हार्मोनियम, गितार को मन्त्रमुग्ध आवाज साथ साथै समाजको परिस्थिति झलकाउँदै वाचन गरिएका कविता ले कार्यक्रमको शोभा झन् बढाएको थियो। कार्यक्रम लेखनाथ जुनियर जेसिस वर्ष 2021 का महासचिव जु. जेसी नविन अधिकारी र नेपालगञ्ज जुनियर जेसिज वर्ष 2021 की सहसचिव जु. जेसी दर्शना पाण्डे द्वारा सञ्चालन भएको थियो।
यसरी भव्यता र सभ्यताका साथ सफल भएको यस कार्यक्रमकी कार्यक्रम संयोजक लेखनाथ जुनियर जेसिज वर्ष २०२१ की कार्यकारिणी उपाध्यक्ष जु. जेसी सजिना पौडेल हुन् भने सह- संयोजक नेपालगञ्ज जुनियर जेसिज बाट जु.जेसी सुरज गुप्ता हुन।
Discussion about this post