रामशरण नेपाली
लेखनाथ, १९ फागुन ।
बेगनाासताल डुंगा व्यवसायी समितिको अध्यक्षमा पुनः ढकनाथ कँडेल निर्वाचित भएका छन । समितिको २६ औं साधारणसभा तथा १२ औं अधिवेशनले कँडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जमदार रबिराज कँडेल, सचिवमा सोभाखर कँडेल, कोषाध्यक्षमा रामप्रसाद लामिछाने, सदस्यहरुमा नरेन्द्र सापकोटा, टिकाराम तिवारी, सुमन पाण्डे, महिलातर्फ पुर्णकला हिमाली र सन्तोषी कँडेल रहेका छन ।
यस्तै वसन्तराज कँडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ भने सल्लाहकारहरुमा सोमराज कँडेल, महेश्वर पाण्डे, विश्वनाथ कँडेल र बाबुराम सापकोटा चयन भएका छन ।
संस्थाका जेष्ठ सदस्य छविलाल कँडेलको प्रमुख अतिथ्यता र संस्थाका अध्यक्ष सोमराज कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष बिना सार्किले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सह–सचिव चन्द्रकान्त बाँस्तोलाले गरेका थिए ।
Discussion about this post