• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

तनहुँका नौ सडक मानवको उद्धार

Lekhnath Khabar by Lekhnath Khabar
January 27, 2021
in हेडलाईन
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा । सडकमा जीवन विताउने तनहुँको नौ जना बेवारिसे ब्यक्तिहरुलाई मानव सेवा आश्रम कास्कीले उद्धार गरेको छ । लामो समयदेखि सडकमा मागेर जीवन गुजार गर्दै आएको शुक्लागण्डकी नगरपालिकाका तीन महिला सहित एक पुरुष तथा ब्यास नगरपालिकाको दमौलीबाट पाँच जना पुरुषलाई उद्धार गरिएको हो ।

सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत मानव सेवा आश्रमले उनीहरुलाई शुक्रबार र शनिबार दुई दिनमा उद्धारा गरेको आश्रमका कास्की संयोजक राजन सापकोटाले जानकारी दिनुभयो । सापकोटाले आश्रमको अगुवाईमा मेचि—महाकालि सडक मानव मुक्त सडक बनाउने अभियान चलिरहेको बताउनुभयो ।

एद्धार गरिएका शुक्लागण्डकीका दुई महिला र एक पुरुष मिलडाडा स्थित सडक छेउमा छाप्रो निर्माण गरेर बसेका थिए । उनीहरुले बजार क्षेत्रमा मागेर जीवन गुजारा गर्ने गरेका थिए । यस्तै हिमा भनिने एक महिला समेत बजार क्षेत्रमा दिनमा मागेर खाने र रातको समयमा घरको बाहिर बरण्डामा सुतेर रात विताउदै आएकी थिइन् ।

ब्यास नगरपालिकाका तीन पुरुष सहित एक बालक र एक बृद्धा भने दमौलीको एक प्रतिक्षालयमा बस्ने गरेका थिए । उनीहरुलाईलाई पोखरा स्थित छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रय दिने बताइएको छ ।

कास्की जिल्ला संयोजक सापकोटा आफूहरुले डिसु नेपाल र स्थानीय तहको समन्वयमा मानव मुक्त सडक अभियान सञ्चालन गरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान पौष ७ देखि जारि रहेको छ भने आगामी माघ ७ गते सकिने छ ।

विसं ०६९ सालमा हेटौडाबाट शुरु गरेको यो सामाजिक संस्थाले अहिले देशका पन्ध्र वटा जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन बर्ष अघि देखि काम गर्दै सस्थाले गण्डकी प्रदेशभित्र गोरखा,लमजुङ,बाग्लुङ र कास्कीमा कार्यालय स्थापना गरेर बेवारिसे मानिसहरुको उद्दार गर्दै आएको छ ।

आश्रमले दिएको जानकारी अनुसार बाग्लुङमा ४५, गोरखामा ४५ र लमजुङमा २० बेवारिसे व्यक्तिहरु रहेका छन् । गोरखामा भने पढ्ने किसिमका बालबालिकाहरुको मात्रै उद्दार गरेर राखिएको छ ।

यसरी उद्दार गरिएका व्यक्तिहरुको स्वास्थ्य उपचार, खाना र बस्नको लागि पब्लिक डोनेसन र नेपाल सरकारको केही आर्थिक सहयोग हुने गरेको प्रदेश संयोजक होमनाथ तिमिल्सेनाले जानकारी दिनुभयो । करिब ८० प्रतिशत सहयोग विभिन्न संघसंस्था, क्लब र व्यक्तिले गर्ने गरेका छन् । तिमिल्सेनाल भने ‘गतबर्ष देखि नेपाल सरकारले पनि सहयोग गर्न थालेपछि कामकाज गर्न सहज भएको छ ।’

गतबर्ष चार व्यक्तिहरुको उद्दार गरी करिब दुई जनालाई परिवारमा पुनमिलन गराइएको बताउनुभयो । यसरी उद्दार गरी ल्याइएका व्यक्ति मध्ये ३५ जनाको मृत्यु भैसकेको जिल्ला संयोजक सापकोटाले बताए ।

शुक्लागण्डकी नगरपालिकाबाट सडक मानवहरुलाई आश्रममा पठाउदै इलाका प्रहरी कार्यालय बेलचोताराका जगदिश रेग्मीले सडक दुर्घटनाको जोखिम कम भएको बताउनुभयो । उद्दार पश्चात उनीहरुलाई खाना र बस्नमा समेत सहज हुनेछ ।

Tags: मानवको उद्धार
Previous Post

कतार पुगेका प्रबासीको सहयोग तनहुँका बासीलाई

Next Post

सहयोग गरेर चौरासी मनाउँदै थापा दम्पती

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
सहयोग गरेर चौरासी मनाउँदै थापा दम्पती

सहयोग गरेर चौरासी मनाउँदै थापा दम्पती

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?