कतार । वैदेशिक रोजगारीको क्रममा कतार पुगेको तनहुँका युवाहरुले गृह जिल्लाका गरिब तथा असहायहरुका लागि न्यानो कपडा वितरण गर्ने भएका छन् ।
आफुहरुले कमाएको केही हिस्सा सामाजिक कार्यमा बर्षेनी लगानी गर्दै आएका उनीहरुले तनहुँ सेवा समाज मार्फत ७० परिवारका लागि सिरक उपलब्ध गराउने तयारी गरेका छन् । जाडोमा न्यानो अभियान चलाउन तनहुँका विभिन्न स्थानीय तहका विपन्न परिवारलाई सहयोग गर्ने निर्णय भएको समाजका अध्यक्ष नारायण ढुङ्गानाले बताए ।
उनले समाज मार्फत विभिन्न समयमा स्वदेश तथा बिदेशमा समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै आएको जानकारी दिए । मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर सस्थागत रूपमा सहयोग जुटाइसकेको छ । गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्ले बताए ।
Discussion about this post