भीमाद । आफन्तको भिडभाड, विभिन्न पुजा आरधना तथा भोजभतेर गरेर बृद्धा अवस्थामा चौरासी गर्ने परम्परालाई तोड्दै तनहुँको भिमाद नगरपालिका ८ का एक दम्पतीले परोकार कार्यमा सहयोग गरेर चौरासी मनाउने निर्णय गरेका छन् ।
भिमाद नगरपालिका ८ का ८५ बर्षीय रनबल थापा र पत्नि रुमा थापाले गाउँको विद्यालय र जेष्ठ नागरिक मिलन केन्द्र निर्माणमा सहयोग गर्ने निर्णय गरेका हुन् । सामाजिक कार्य गरेर पुण्य मिल्ने भन्दै थापा दम्पतीले यस्तो निर्णय लिएको उनका छोरा क्याप्टेन मोहनबहादुर थापाले जानकारी दिए । “पुजा लगाउन भन्दा शिक्षा क्षेत्र र जेष्ठ नागरिकको हितमा सहयोग गर्ने इच्छा देखाउनुभयो”थापाले भने “जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम राखिने छ ।”
यस्ता कार्यक्रमहरुले सामाजिक सेवा गर्नुपर्छ भन्ने भावनाको विकास अन्यमा समेत विकास हुने थापा परिवारले विस्वास लिएको छ । आगामी बुधबार चौरासी बर्ष पार गरेको खुशीयालीमा विद्यालयमा पुगेर थापा दम्पतीले विद्यालयका विकासका लागि आर्थिक सहयोग गर्ने कार्यक्रम तय गरेका छन् भने सोही अवसरमा भागर युवा क्लवले निर्माण गर्दै गरेको जेष्ठ नागरिक मिलन केन्द्रका लागि पनि सहयोग गर्ने उनीहरुले बताएका छन् । कार्यक्रम तय भएता पनि कति सहयोग गर्ने भन्ने उनीहरुले खुलाएका छैनन् ।
Discussion about this post