• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तनहुँका न्यौपाने र श्रेष्ठ एमडि आरटि हुन सफल

Lekhnath Khabar by Lekhnath Khabar
January 4, 2021
in समाचार
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

एस.बि. नेपाली,दमौली । युनियनलाइफ ईन्स्योरेन्स कंम्पनी लिमिटेड दमौली शाखामा कार्यरत ऐजेन्सी म्यानेजरहरु शान्तराम न्यौपाने र श्रीप्रसाद श्रेष्ठ एमडि.आर.टि–२०२०हुन सफल भएका छन् ।

कोडिभ– १९ को विषम परिस्थीतिमा पनि जिवन विमा ब्यावसाय गरेर छोटो समयमा नै उनीहरु एमडिआरटी हुन सफल हुनु भएको हुन् । कम्पनीको दमौली शाखाले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई सम्मान तथा बधाई समेत ज्ञापन गरेको छ । जिवन विमा कंम्पनीका बिरलै अभिकर्ताहरु पुग्ने उक्त स्थानमा आफ्नो अथक प्रयास , मिहिनेत तथा सम्पुर्णको साथ एवं सहयोगले आफुहरु सफल भएको एजेन्सी म्यानेजरद्घय न्यौपाने र श्रेष्ठले बताए ।

युनियनलाईफ इन्स्योरेन्स कंम्पनी गण्डकी प्रदेश कार्यालयका उपप्रमुख गणेश धमलाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य प्रदिप घिमिरको प्रमुख आथित्यतामा शाखाले दुवै जनालाई एक कार्यक्रम गरी वधाई तथा सम्मान समेत ब्यक्त गरेको हो ।
सो अवसरमा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य प्रदिप घिमिरेले जिवन विमा ब्यावसायले बिमीतलाई जोखिम बहन र भविष्यको बचत मात्र नभई राष्ट्रीय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए । बिमीतले बिमा गरेको रकम बीमा समितीको निर्देशनमा बीमा कंम्पनीले बैंकहरु मार्फत पुन विभिन्न शिर्षकमा सर्वसधारणको बीचमा ब्यावसाय अभिवृद्घिका लागि कर्जा लगायतको लगानी गर्ने र ब्यावसायीहरुले राज्यलाई कर तिर्ने यो अवस्थामा राज्यको कुलग्राहस्थ उत्पादन तथा प्रतिब्यक्ति आयमा समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा बीमा कंम्पनीको भुमिका महत्वपूर्ण हुने जानकारी दिए ।

कार्यक्रममा सम्मान गर्दै कंम्पनीका गण्डकी प्रदेश उपप्रमुख धमलाले अभिकर्ताहरुको अथक सहयोग, छिटो छरितो सेवाप्रदान, समुदायलाई सुहाउदो विमा योजना,उत्कृष्ठ ब्यावस्थापकीय पक्ष लागयतका कारण आफुहरु स्थापनाकालको चौथो वर्षमानै समुदायमा उत्कृष्ठ जिवन विमा कंम्पनीको रुपमा सुपरिचीत भएको बताए ।

न्यौपाने र श्रेष्ठ यस कंम्पनीको तर्फ वाट तनहुँमा नै पहिलो एमडि.आर.टि क्वालिफाईड भएकामा वधाई दिदै दमौली शाखाप्रमुख राजकुमार श्रेष्ठले अन्तराष्ट्रिय जगतमा अभिकर्ता पेशा सम्मानित पेशाको रुपमा हेरिएको र नेपालमा समेत त्यो चलन बिस्तारै शुरुवात भएको बताए । कार्यक्रममा कंम्पनीका स्टार एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गना, सम्मानित एजेन्सी म्यानेजरद्घय शान्तराम न्यौपाने र श्रीप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

विश्वका जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडि आरटीम अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर ३१ सम्ममा तोकिएको प्रथम बीमा शुल्क जम्मा गर्नु पर्ने प्रावधान रहेको हुन्छ । वर्ष २०२० का लागि उक्त संस्थाले अभिकर्ताहरुले ब्यक्तिगत कोड मार्फत प्रथम बीमा शुल्क ३० लाख १२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । न्यौपाने र श्रेष्ठले पनि उक्क्त विमा शुल्क जम्मा गरी लक्ष्य प्राप्त गर्न सफल भएको युनियनलाईफ ईन्स्योरेन्स कंम्पनी दमौली शाखाले जनाएको छ । अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भएपछि उसले(संस्था)अर्को वर्ष आयोजना गर्ने सम्मेलन माभाग लिन पाउने व्यवस्था छ ।

नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म पनिहो । एमडिआरटीमा ७० देशका ५०० भन्दा बढि कम्पनीहरु आबद्ध छन् । एमडिआरटी क्वालिफाईड न्यौपाने र श्रेष्ठ सन् २०२१ मा सिंगापुर माहुने अभिकर्ताहरुको अन्तराष्ट्रिय सम्मेलनमा यस कंम्पनीको प्रतिनीधीको रुपमा सहभागि हुन पाउनेछ छन् ।

Previous Post

सहयोग गरेर चौरासी मनाउँदै थापा दम्पती

Next Post

सांसद कोइरालाको अध्यतामा जनयुद्ध अध्ययन प्रतिष्ठान गठन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सांसद कोइरालाको अध्यतामा जनयुद्ध अध्ययन प्रतिष्ठान गठन

सांसद कोइरालाको अध्यतामा जनयुद्ध अध्ययन प्रतिष्ठान गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?