तनहुँ । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले अहिलेको राजनीतिक अवस्थामा पनि काँग्रेस अलमलमा रहेको बताएका छन् । काँग्रेस तनहुँको आयोजना विहिबार दमौलीमा भएकोे कार्यक्रममा बोल्दै नेता पौडेलले प्रमुख प्रतिपक्षको रुपमा रहेको काँग्रेस यस्तो बेलामा कोठा भित्र अलमलिएर बस्न नहुने बताए । “स्पष्ट निर्णयका साथमा सडक आन्दोलनमा निस्कनुपर्ने बेला आएको उनले बताए ।
पौडेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचन घोषणा गरेको समयमा निर्वाचनमा जुट्न र राष्ट्रियता बलियो बनाउनका लागि भएपनि आन्दोलन गर्नुपर्ने बताए । कम्युनिष्ट पार्टीले लोकतन्त्रलाई धरापमा पारेको भन्दै यस्तो अवस्थामा पनि काँग्रस पार्टी टुलुटुलु हेरेर बसेको भन्दै असन्तुष्टी जनाए । “कार्यकर्ताहरु आन्दोलनमा जान चाहेका छन्, परिवर्तन चाहेका छन”उनले भने “आन्दोलनको आँधिवेहरी ल्याउनुपर्ने छ, हामी आन्दोलनका पक्षमा रहेका छौँ ।
मेल मिलाप कार्यक्रममा विपि कोईरालाको स्मरण गर्दै पौडेलले विपीले अवम्लवन गरेको लोकतन्त्र सहितको समाजवाद अहिलेका कम्युनिष्ट पार्टीले पनि सोच्न नसकेको बताए । लोकतन्त्र विनाको समाजवाद चाहेका कम्युनिष्टहरुले लोकतन्त्र मास्न लागेको समेत आरोप लगाए ।
Discussion about this post