असंवैधानिक संसद विघटनलाई लिएर गण्डकी प्रदेश सभा सदस्य आशा कोईरालाले प्रधानमन्त्रि केपि शर्मा ओली इतिहासको खलपात्र बनेको दाबी गर्नुभएको छ । जनमतको सही कदर नगरी गरिएको संसद विघटनले नेपालको विकासलाई अन्धकारतिर धकेल्ने बताउनुभएको छ ।
“उहाले ईतिहासलाई प्रतिगमनतिर धकेल्नु भएको छ ।” सभा सदस्य कोईरालाले भन्नुभयो,“ हरेक मान्छेले जति जति प्रसिद्ध पाउदै जान्छ, त्यति त्यति त्यो मान्छेमा घमण्ड बढ्दै जान्छ ।” यो प्रवित्त प्रधानमन्त्री ओलीमा देखिएको बताउनुभयो । मुख्यमन्त्रि वातावरणमैत्री नमुना कृषि गाउँको स्थलगत अवलोकनलाई सम्बोधन गदै ओलीले चालेको कदममा आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको बताउनुभयो ।
नेपाली जनताको उपलब्धीलाई प्रतिगमनतिर धकेलेर राष्ट्रपतिकहाँ सिफरीस गर्नु गलत रहेको बताउनुभयो । संसद विघटन हुनु भनेको नेपाली जनता र राष्ट्रमाथिको कुठाराघात हुने बताउनुभएको छ ।
Discussion about this post