टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा ती युवक खसेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको बताईएको छ ।
Discussion about this post