• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

नमुना कृषि गाउँको समस्या प्राविधिक पक्ष, बाटो, सिचाई र वजार व्यवस्थापन

Lekhnath Khabar by Lekhnath Khabar
December 20, 2020
in कृषी, समाचार
0
0
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ अवस्थित मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँनमुना कृषि गाउँको मुख्य समस्या प्राविधिक पक्ष, बाटो, सिचाई र वजार व्यवस्थापन रहेको त्यहाका स्थानिय किसान तथा अगुवा व्यक्तिहरुले बताएका छन् । आईतबार भएको स्थलगत अवलोकन क्रममा स्थानिय कृषकहरुले उक्त समस्या गण्डकी प्रदेश संसद आशा कोईराल, कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारी लगायत वडाध्यक्ष सामु व्यक्ति गरेका थिए ।

मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँमा बाटोको असुबिधाका कारण दाना चोक्करमा धेरै नै समस्या पर्न गएको स्थानिय कृषक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । गाउँका अधिकांश मानिसहरु कृषि क्षेत्रमा आबद्ध रहेता पनि खेतिपातिका लागि सिंचाईको अझ पनि असुबिधा भएको हुदाँ उक्त समस्या समाधान तर्फ लाग्नुपर्ने स्थानिय नेत्र बहादुर रानाले जानकारी दिनुभयो ।

गाउँमा सरकारकै अनुदानमा रकमले कृषि क्षेत्रबाट प्रशस्त आम्दानि गर्ने गरेको कृषक गुम बहादुर गुरुङले बताउनुभयो । “उन्नत जातको बाख्रा पाल्ने र टनेल बनाउने भनेको आर्थिक नै अलि समस्या छ अहिले, माननियबाट सहयोग भए अझ राम्रो हुने थियो ।” कृषक गुरुङले बताउनुभयो ।

नमुना कृषि गाउँका कृषकहरुलाई आत्मर्निभर बनाउने र बिस्तारै व्यवसायिकरण गदै लैजाने कार्यक्रमका संयोजक ओष बहादुर तामाङले जानकारी दिनुभयो । दुई टोलमा जम्मा १ सय ४६ घर मध्य १ सय ६ घर प्रत्यक्ष सहभागि भएको बताउनुभयो । तिमध्य८÷९ जना व्यवसायिक रुपमा लागेको र बाकि क्रमिक रुपमा व्यवसायिक तर्फ उन्मुख हुदै गरेको बताउनुभयो । हाल नमुना गाउँमा प्राविधिक पक्ष, सिचाई र वजार व्यवस्थापनको समस्या रहेको तामाङले जानकारी दिनुभयो ।

नमुना गाउँको रुपमा स्थापित भएसंगै किसानहरुले प्राय निवाहमुखि कृषि प्रणाली रहेको गण्डकी प्रदेश संसद आशा कोईरालले जानकारी दिनुभयो । अब विस्तारै निवाहमुखि खेति प्रणलिबाट माथि उठेर व्यवसायिक रुपमा खेति गर्नु पर्नेमा जोड दिनुभयो । भाढडाँडाँ र लिलाचोक आसपासका क्षेत्रमा गरिएको अवलोकनमा कृषि क्षेत्रमा क्रमिक रुपमा सुधार आएता पनि उपल्बधी भने उत्साहजनक नभएको संसद कोईरालाले जानकारी दिनुभयो । स्थानिय कृषकहरुको समस्यालाई मध्यनजर गदै सम्बन्धीत ठाउँसम्म पहल गर्ने उहाले जानकारी दिनुभयो ।

नमुना कृषि गाउँमा किसानहरु भकारो सुधार कार्यक्रम राम्रो रहेकाले गाईबस्तुको मल र मुत्रलाई सहि सदुपयोग गर्न तरकारीको क्षेत्र बढाउनुपर्ने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । ज्ञान केन्द्रले कृषि विकास कार्यक्रम अन्र्तगत रहेर सुचना प्रकास गर्ने गरेको बताउनुभयो । प्रप्त सुचनाहरु वडाध्यक्षहरु मार्फत किसानहरुलाई जानकारी गराईदिदा किसानहरुलाई धेरै नै फाईदा हुने जानकारी दिनुभयो ।

अनुभवको कमि र मन्त्रालययको पनि नया कार्यक्रम रहेको नमुना गाउँलाई निरन्तरता दिन धेरै नै कठिनाई भएको वडा नं. १२ का वडाध्यक्ष मनराज गुरुङले बताउनुभयो । “ नमुना गाउँ पछि हामीले गुणात्मक उपलब्धी कति गर्न सक्यौ सकेनै त्यो हामी सबैले समिक्ष गर्ने कुरा भयो ।” उहाँले भन्नुभयो “ तर यसले केही सकारात्म सन्देश चाहि दिएको छ । हिजो ढुङगा, काठ, दाउरा राखेर गाई वस्तु सुत्ने ठाउँमा आज एकदम व्यवस्थित ढलान भएको, छरपष्ट घास पोखिएर जाने ठाउँमा डुड भएको र गाई बस्तुको मलमुत्र पनि संकलन गरेर सहि सदुपयोग भएको छ ।”

साथै कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठ, कार्यपालिका सदस्य गिता महत पशु प्रविधिक लगाए व्यक्तिहरुले कार्यक्रमको स्थलगत अवलोकन गरेका थिए ।

 

Previous Post

राष्ट्रपतिद्धारा संसद् विघटन, वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव

Next Post

सुमी मोक्तान र विजु पार्की बने “डान्सिङ विथ दि स्टार्स नेपाल”को विजेता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सुमी मोक्तान र विजु पार्की बने “डान्सिङ विथ दि स्टार्स नेपाल”को विजेता

सुमी मोक्तान र विजु पार्की बने “डान्सिङ विथ दि स्टार्स नेपाल”को विजेता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?