• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home विचार/ब्लग

नेकपाको स्थायी समाधान : महाधिवेशन पछि दोश्रो पुस्तामा नेतृत्व हस्तान्तरण

Lekhnath Khabar by Lekhnath Khabar
November 21, 2020
in विचार/ब्लग
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

अस्थिरतामा फसेको नेपालको राजनिती नेकपाको करिव दुईतिहाई जनमतप्राप्त वाट वनेको केपी शर्मा ओलीको सरकार गठन पाश्चात जनतामा आशा र भरोसा जागेको थियो । लामो समयदेखि नौ महिने सरकार र अल्पायुका कारण नेपालको हरेक क्षेत्र अस्तव्यस्त वनेको थियो ।

यहि अस्थिरतालाई चिर्ने र विकास र समृद्धि ल्याउने उद्घोषका साथ निर्वाचनमा होमिएको नेकपा देशको नै सवैभन्दा ठुलो पार्टी वन्यो । राणाशासन, राजतन्त्र हुदै दशक भन्दा लामो समय जनयुद्धको चपेटामा परेको आम जनता स्थिर सरकार वनेपछि देश सुखी र समृद्ध हुने आशामा थियो । जुन स्वभाविक पनि थियो । देशमा देखिएको अन्यौलतालाई चिर्नका लागी नेकपालाई सवैभन्दा ठुलो शक्ति वनाएको आम जनता भने विश्वमा नै कोरोनाका कारण अस्तव्यस्तता वनेको सन्दर्भमा शक्ति र सत्ताका लागी देखाएको गाईजात्रे प्रवृत्तिले नैराश्यता वनाएको छ ।

नेकपाको विवाद यो समयमा कति उचित कति अनुचित ? यो प्रश्न गम्भिर रुपमा देखा परेको छ । आम जनताको चाहना नै स्थिर सरकार र समृद्ध नेपाल वनाउने अभियान थियो । चुनावी प्रतिवद्धता देखेर नै आम जनताले मत दिएका थिए । स्थिर सरकारले नै जनतालाई सम्पन्न वनाउने आम चाहना थियो । जनताले आफनो भुमिका पुरा गरिसकेपछि अव सरकारले आपनो जिम्मेवारी पुरा गर्नु नै अहिलकेो आवश्यकता थियो । तर नेकपाको सरकार के जनचाहना वमोजिम काम गरिरहेको छ ? के सरकारको नेतृत्व गरेको पार्टीले जनअपेक्षा वमोजिम काम गरिरहेको छ ? यसको समिक्षा नै अहिलेको निकास हो ।

आफुलाई केन्द्रविन्दुमा राखेर गरिएका हत्कण्डा अव जनतालाई स्वीकार्य हुन सक्दैन । लामो समयसम्म सत्ता र नेतृत्वलाई आफनो विर्ता सोच्नेहरुको अस्वभाविक क्रियाकलाप नै अहिलेको समस्या हो । विधि विधान र पद्धति त देखाउने दाँत मात्र हो । जुन जनताले पहिचान गरिसेकेका छन् । व्यक्तिमा देखिएको शक्तिमोहका कारण पार्टी र सरकार अव वन्धक वन्दैन । कुनै पनि व्यक्तिको योग्यता र क्षमता निश्चित समय र विन्दुसम्मका लागी उपयुक्र्त हुन्छ, नकि सधै भरका लागी ।

लोकतन्त्रमा जनअभिमत नै सवैभन्दा ठुलो शक्ति हो । शक्ति प्राप्त भएपछि त्यसको मर्म पुरा गर्नु सम्वद्ध राजनैतिक पार्टी र सरकारको उद्येश्य हुनुपर्दछ । तर कोरोनाका कहरका वीचमा नेकपा र सरकारले जनताप्रति उत्तरदायित्व वहन गरयो या गरेन, त्यो वहसको विषय वन्नु पर्दछ । निश्चिय पनि सरकार सम्वद्ध पार्टीको घोषणापत्रप्रति चल्नुपर्दछ । तर अहिलको सन्र्दभलाई केलाउने हो भने नेकपाको विवादले दुनिया हसाएको छ । कोरोनाले देश र जनतालाई नै आक्रान्त पारेको सन्र्दभमा नेताहरुको सत्ता र शक्तिमोहका कारण अस्थिर अवस्थाले नेताहरु जनताप्रति उत्तरदायि रहेनछ भन्ने पुष्टि भएको छ । आफु अनुकुलताका लागी विधि, विधान र सिद्धान्तका नारा उराल्नेहरु जनताका समस्याप्रति जिम्मेवार वन्नु पर्देन ?

हरेक विषयको पनि निश्चित समय हुन्छ, जनता र देश नै शोक र भोकमा डुविरहेको अवस्थामा शक्तिका लागी गरिएको तिकडम आम जनताका लागी सहय वनेका छैन । जनताको जीवनस्तर, स्वास्थ्य, शिक्षा रोजगारका विषयमा पार्टी भित्र खुल्ला छलफल हुनुभन्दा पनि मन्त्री र राजदुत, पार्टी अध्यक्ष र प्रधानमन्त्री वन्ने अभिलाषाका साथ गरिएको व्यवहारले नेताहरु आखिर के चाहन्छन भन्ने पुष्टि भएको छ । लोकतन्त्रमा पार्टी प्रधान हुन्छ, पार्टीले सरकारको नेतृत्व गर्नुपर्दछ, । यसमा कुनै सन्देह छैन । तर पार्टी जनताप्रति उत्तरदायी वन्नुपर्दछ । जनताप्रति उत्तरदायि नवन्ने पार्टी नेतृत्वले पद र शक्तिका लागी जनताको नाममा गरिने कुत्सित हत्कण्डा लोकतन्त्र भित्र कदापी पर्देन । नेकपा भित्रको मुल समस्या यहि हो ।

विधि, विधान र लोकतान्त्रिक पद्धति नेताहरुका लागी जुगाँको लडाई भईदियो । पद र शक्ति प्राप्तिका लागी यो प्रयोग भईदियो । देश र जनतालाई सधै अस्थिरतामा राखेर आफनो भुमिका प्रधानता मा नै जोड दिने प्रवृत्ति लोकतन्त्र कदापी हुन सक्दैन । पार्टीले सरकारले गरेको काम कारवाहीलाई मुल्यांकन गरेर स्वतन्त्र ढंगले काम गर्न दिनुपर्दछ । आफनो अस्तित्व सखाप हुने भयमा सरकारको सधै आलोचना मात्र गरिरहने हो भने कसैको पनि भविश्य सुखद वन्दैन । आलोचना पनि स्वभाविक हुनुपर्दछ । जनअपेक्षित हुनुपर्दछ । तर नेकपा भित्रको अन्तद्धन्द्ध फगत शक्ति र सत्ता केन्द्रित वाहेक अन्य केहि देखिदैन ।

पहिलो पुस्ताको नेताहरुको भुमिकालाई सम्मान गर्दे अगामी दिनमा महाधिवेशन पाश्चात दोश्रो तहमा पुस्ताहस्तान्तरण नै अहिलको नेकपाको स्थायी समधानको वाटो हो । यो भन्दा अन्य वाटोवाट नेकपा हिड्न हुदैन, हिड्न दिनुहुदैन । कुनै नेताको फेरो समातेर वैतरणी तरिन्छ भन्ने सोच कमजोर मानसिकताको घोतक मात्र हो । जुन हामीले हटाउनै पर्दछ । पटक पटक परिक्षण भईसकेको व्यक्तिले अव नेपालको सन्दर्भमा नयााँपनको आभास दिन सक्दैन । यसैका लागी आम जनता र कार्यकर्ताले खवरदारी गर्नुपर्दछ ।

नेकपाको अवको समाधान भनेको ओली सरकारलाई सुझाव सहित सरकारको सहज नेतृत्व र महाधिवेशन नै हो । चैत्रमा गर्ने भनिएको महाधिवेशनको तैयारी र हिजो चुनावमा गरिएको जनतासामु गरिएको प्रतिवद्धताको कार्यन्वयन । एक्काईसौ शताव्दीका जनतालाई पनि सधै रैती सम्झने प्रवृत्ति नै नेतृत्वगणको कमजोरी हो । आफु मात्र ठिक भन्ने प्रवृत्ति अव जनतालाई स्वीकार्य हुन सक्दैन । पार्टीमा सधै हालीमुहाली गरिरहेकाहरुको नेतृत्व अव आम जनतालाई स्वीकार्य हुन सक्दैन । पटक पटक पार्टी र सरकारका नेतृत्व गर्नेहरु अव अभिभावक वनेर दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पर्दछ ।

यसले नै नेकपाको भविश्य सुन्दर वनाउनेछ । फेरि पनि लोभ लालचाका लागी आफनो पद र शक्तिका लागी गरिने हत्कण्डालाई कार्यकर्ताले सहन सक्दैन । नेकपामा देखिएको विवादको मुख्य चुरो यहि हो ।  सरकार संचालनका क्रममा कमजोरी हुन्छन्, सच्चिएर अगाडी वढ्नुपर्दछ । व्यक्तिलाई देखिएको शक्तिमोहका कारण पार्टी अव वन्धक वन्दैन । कुनै पनि व्यक्तिको योग्यता र क्षमता निश्चित समय र विन्दुसम्मका लागी उपयुक्र्त हुन्छ, नकि सधै भरका लागी । आफुलाइृ केन्द्रविन्दुमा राखेर गरिएका हत्कण्डा अव जनतालाई स्वीकार्य हुन सक्दैन । लामो समयसम्म सत्ता र नेतृत्वलाई आफनो विर्ता सोच्नेहरुको अस्वभाविक क्रियाकलाप नै अहिलेको समस्या हो । विधि विधान र पद्धति त देखाउने दाँत मात्र हो । जुन जनताले पहिचान गरिसेकेका छन् ।

विषयवस्तुको उठान र पैठान जनतामा केन्द्रित हुनुपर्ने हो । तर त्यो देखिएन । जसरी पनि पुन पार्टी अध्यक्ष र प्रधानमन्त्री वन्ने लोभमा गरिएका यो तिकडम वाज अव जनतालाई पाच्य हुन सक्दैन । किनकि पार्टी कसैको पनि पेवा होईन, कसैले सधै नेतृत्व गर्न पाउने । आवश्यकताका आधारमा नेतृत्व विकास हुने हो । कसैको व्यक्तिगत चाहनामा देश र जनतालाई नै वन्धक वनाउन पाईदैन । नेकपा भित्र अव दोश्रो पुस्ताको उदय आवश्यक भईसकेको छ, नकि पुन पुरानै अनुहारको । नेकपा त्यति कमजोरहरुको पार्टी होईन, यो त युवा र कर्मठहरुको पार्टी हो । जहाँ नेतृत्वका लागी एकसे एक दावेदारहरु रहेका छन् ।

पहिलो पुस्ताको नेताहरुको भुमिकालाई सम्मान गर्दे अगामी दिनमा महाधिवेशन पाश्चात दोश्रो तहमा पुस्ताहस्तान्तरण नै अहिलको नेकपाको समधानको वाटो हो । यो भन्दा अन्य वाटोवाट नेकपा हिड्न हुदैन, हिड्न दिनुहुदैन । कुनै नेताको फेरो समातेर वैतरणी तरिन्छ भन्ने सोच कमजोर मानसिकताको घोतक मात्र हो । जुन हामीले हटाउनै पर्दछ । पटक पटक परिक्षण भईसकेको व्यक्तिले अव नेपालको सन्दर्भमा नयााँपनको आभास दिन सक्दैन । यसैका लागी आम जनता र कार्यकर्ताले खवरदारी गर्नु नै अहिलेको आवश्यकता हो ।

Previous Post

हङकङको नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ८ पुग्यो

Next Post

आँबुखैरेनी स्थित पौवाको वनमा राखिएको फलामे खोरमा प¥यो चितुवा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा
विचार/ब्लग

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा
विचार/ब्लग

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा

पोखराका मेयरलाई बाँदर आतंक बारे वडा सदस्यको खुलापत्र
कृषी

पोखराका मेयरलाई बाँदर आतंक बारे वडा सदस्यको खुलापत्र

‘मेरो रुख म काट्छु’ अज्ञानता कि लापरवाही ?
फिचर

‘मेरो रुख म काट्छु’ अज्ञानता कि लापरवाही ?

नेतृत्व गर्ने कि नेता हुने त : जनार्दन लामिछाने
फिचर

नेतृत्व गर्ने कि नेता हुने त : जनार्दन लामिछाने

Next Post
आँबुखैरेनी स्थित पौवाको वनमा राखिएको फलामे खोरमा प¥यो चितुवा

आँबुखैरेनी स्थित पौवाको वनमा राखिएको फलामे खोरमा प¥यो चितुवा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?