• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

पोखराका मेयरलाई बाँदर आतंक बारे वडा सदस्यको खुलापत्र

Lekhnath Khabar by Lekhnath Khabar
February 3, 2024
in कृषी, विचार/ब्लग, समाचार
0
0
SHARES
215
VIEWS
Share on FacebookShare on Twitter

पोखरा आसपासका ग्रामिण भेगमा बाँदरले आतंक नै मच्चाए पछि पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदिप राज ढुङ्गानाले पोखरा महानगरपालिका मेयर धनराज आचार्या लाई सामाजिक संजाल बाट यस्तो खुला पत्र लेखेका छन्।

मेयर साहेब
नमस्कार
हामी निर्वाचित भएर आए पछिको ११ औ नगर सभा देखि हरेक नगर सभामा अधिकांश सभासदहरुले बाँदर आतङ्क र एसले पारेको असरको बारेमा आवाज बुलन्द पारेका थियौ। तर आजको दिनसम्म यहाँको जुन पहल कदमी हुनु पर्थ्यो,कति भयो भन्ने तपाइलाइनै थाहा होला।अचानाको पिर खुकुरीलाई थाहा नहुने रहेछ। म नगर सभासदमात्र नभई कृषक भएर पनि आफैले देखे भोगेको तितो सत्य बोली रहेको छु जुन अधिकांश महानगर भित्रको ग्रामीण महानगर बस्तीको पीडा रहेको छ।

तपाईँलाई थाहानै छ,हाम्रै वडा लयगतका महानगरका विभिन्न वडामा बेसी र समथर भूभागहरू छन्। जहाँ १२ मासे सिँचाइको व्यवस्था छ अनि जेठो बुडो देखि सबै खाले बालिहरूँ,तरकारी र फलफूल ३ सिजन फल्ने गर्दछ।

जहाँ बाँदरको आतङ्कको पहुँच पुग्दैन,त्यस्तो ठाउँलाई आवास क्षेत्र घोषणा गर्नु भयो।त्यसको उल्टो पहाडी इलाका जहाँ आकाशे पानी परेपछि र मूल उम्रेपछि मात्र खेतीपाती गर्न सकिन्छ ,उल्टै खाने पानी त मुस्किल छ,लगाएको बाली नाली माथि बाँदर आतङ्क छ,त्यस्तो ठाउँलाई खेतीयोग्य जमिन बनाइदिनु भयेको छ।

मेयर साहेब,हजुर पनि भरत पोखरीकै डाँडामा जन्मी, हुर्की, पढी आज यो ठाउँमा आइपुग्नु भएको छ। हुन त तपाईँको अहिलेको अधिकतम बसाइ नयाँ बजारमा भएर पनि होला,हालको गाउँको बाँदर आतङ्क पूर्ण रूपमा थाहा नहुन सक्छ तर म हिजो कन्धनी डाँडामा जन्मी, हुर्की,पडी यहाँसम्म आइपुग्दा हिजो जहाँ हुर्के बढे र पढे,आज पनि त्यही बस्छु जसका कारण आज मैले बाँदर आतङ्क देखेको र भोगेको छु। बारीमा म एक्लै बाँदर धपाउन जाँदा एक पटक बाँदरले म माथि आक्रमण गरी नग्रा गाडेको अझै डोब छ।

तपाईँलाई थाहा होला बाँदरको नग्रा मात्र गाड्यो भने कति घातक हुन्छ भनेर। एउटा बच्चा स्कुल गएर आउँदा बाँदरको आक्रमण भयो र त्यसलाई तलमाथि केही भयो भने त्यसको जिम्मा कसले लिन्छरुआज बाबु नानी र अभिभावकलाई समेत स्कुल जाँदा देखि फर्कँदा सम्म मनोत्रास छ।पहिला पहिला बच्चाहरूलाई कोर्कोमा सुताएर आमाले खेत बारीमा काम गर्ने चलन थियो।

तपाईँ हामी पनि सानोमा स्कुल जाँदा बाँदर बाटोमा भेटिन्थे तर पहिला त्यस्तो थिएन।अहिले काम त के, कति खेर आएर आक्रमण गर्छ भन्ने डर।झन् महिला र केटाकेटीलाई त पटक्कै नटेर्ने । आज तपाईँ र मेरो डाँडा मात्र हैन महानगर भित्रका दुर्गम महानगर बस्तीहरू बेगनास,माझठाना,कालिका,आर्बा,मौजा,भलाम, अर्मला,हर्पाक, घार्मी,पुरन्चौर, चुरुङा,उपल्लोहेम्जा,सराङकोट, कास्किकोट, चापाकोट, हर्पन, पुम्दीभुम्दी, मट्टिइखान, निर्मल पोखरी सहितका हरेक ठाउँहरू विकास निर्माण लगायतका अत्यावश्यक सुविधा त छदै छ,झन् बाँदर आतङ्कले गाउँको अवस्था विकराल छ।

आज हामी महानगरवासीहरू धेरै खाद्य सामाग्री आयात माथि भर पर्नुको कारण केरुयुवा विदेश पलायन गराउने बाटो हामिलेनै गरेका छैनौ र१गाउँ घरमा खेती पाती गर्‍यो।मकै छरे देखिनै बाँदरले बीउ खोतल्न थाल्छ।मकै पाकिन्जेल सम्म सबै सखाप।दिन भर कुरेर बस्यो,कुन बेला झुक्क्याएर बाँदरले सखाप पार्छ।

धान बीउ छरे देखि काट्ने बेला सम्म उहीँ हालत, कोदो , गहुँ, तोरी लगायत सबै बालीको अवस्था त्यस्तै छ।कि खाने, नखाए बिगारेर भत्काएर छोड्ने। तरकारीको कुरै नगरौँ,आलु, प्याज, केराउ, काउली बन्दा, काँक्रो, लौका, सिमी, घिरौँलाको अवस्था त्यस्तै।

सार्ने बेला देखि बचिला लाउने बेला सम्म झुक्क्याएर सखाप पार्ने। मैले घरमा उत्पादन गरेको लसुन प्याजले वर्ष दिन भरी खान पुग्थ्यो,तर अहिले प्याजको बेर्ना सार्न नपाइ सखाप हुन्छ जसले गर्दा भारतबाट आयातित प्रति किलो १६० रुपैयाँ सम्म तिरेर खानु परेको छ।

कृषि क्रान्तिको भजन गाउँदै गर्दा यो कृषकको समय, मल, बीउ बिजन लगायत हल खेतालाको पारिश्रमिकको जिम्मा कसले लिनेरुती कृषकहरूलाई क्षतिपूर्ति र बिमा रकमको व्यवस्था गरेका छौ त। बारीमा लगाएको खेती नष्ट गरेर नपुगेर भान्छाको खानाको कसौँडी सम्म नछाड्ने यी बॉदरहरु गॉउको बस्तीका लागि क्यान्सरकै रुपमा रहेको अधिकांश जनताहरूको भनाइ छ।

मेयर साहेब

तपाईँलाई अबगतनै छ,अहिले ग्रामीण भेगबाट बेसी र समथर भूभागमा बसाइ सराइ अत्यधिक बढिरहेको छ। गाउँको जग्गा बाझो राखेर बस्ने अनि २ ओटा खुर्सानी र तरकारीका बोट छतमा उमारेर सामाजिक सञ्जालमा पोस्ट गरेर मक्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने,हाम्रो गाउँ र समाज कता गइरहेको छ।

तितो सत्य हामीले अलि बिर्सियेउ कि।हो जनावरको पनि आफ्नो अधिकार हुन्छ,त्यसलाई पनि मध्य नजर गर्दै वैकल्पिक व्यवस्थापन गर्नुपर्दछ तर हामी मानबहरुलेनै आधिकारको नाममा दैनिक मानव जीबनमानै उथल पुल गर्ने,कृषि पेशाबाटनै पलायन हुनुपर्ने , गाउँ घर नै छोडेर हिँड्नु पर्ने बाध्यात्मक अवस्थालाई रोक्ने तपाई हाम्रो दायित्व हैन रु

नेपालकै ठुलो महानगरका बासिन्दा हामी ठुलो बाँदर आतङ्कमा छौ भन्दै गर्दा र तपाइले रुख कटान सम्बन्धी गरिएको सम्प्रेषणमा तत्काल वैकल्पिक व्यवस्था गरिएन भने भविष्यमा हामीले घोषणा गर्दै गरेको पर्यटकीय राजधानीमा गाउँ घरमा उत्पादन भयेको अर्ग्यानिक तरकारी,फलफूल र खानेकुरा भन्दै विदेशबाट आयातित गरेको खानेकुरा खुवाउने दिन छिट्टै आउनेछ।

बाँदर आतङ्कबाट बच्नको लागि तत्काल सुनुवाइ होस भनी जोडदार माग गर्दछु। प्रमाणको रूपमा मेरै घरको माथि खिचिएको फोटो र भिडियो पेस समेत गरेको छु।

धन्यवाद

जय पोखरा
तपाईँकै नगर सभा सदस्य
सुदिप राज ढुङ्गाना
वडा सदस्य
पोखरा महानगरपालिका २६

No photo description available.
वडा सदस्य: सुदिप राज ढुङ्गाना
Previous Post

पहिलो पटक आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

Next Post

आश्रमका बालबालिकालाई विद्यालय पोशाक वितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आश्रमका बालबालिकालाई विद्यालय पोशाक वितरण

आश्रमका बालबालिकालाई विद्यालय पोशाक वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?