लेखनाथ, २० माघ ।
पोखरा२७ डाँडाको नाकमा रहेको श्रीकृष्ण प्रणामी वृद्ध तथा बालआश्रममा आश्रीत बालबालिकाहरुका लागी पोखरा २७ ज्यामिरकुना घर भई हाल अमेरीकामा वस्दै आएका रसाईली परिवारले विद्यालय पोशाक र स्टेशनरी सहयोग प्रदान गरेका छन ।
रोजगारीको सिलसिलामा विगत २५ वर्षदेखी देखी अमेरीकामा वसोबास गर्दै आईरहेका प्रताप रसाईली र उनकी श्रीमती रुपा रसाईलीले पोखरा २७ की वडा सदस्य बुद्धिमाया मगरको पहलमा आश्रममा आश्रीत १५ जना बालबालीकाहरुलाई विद्यालय पोशाक र स्टेशनरी प्रदान गरेका हुन ।
सहयोग प्रदान गर्दै रसाईलीले आफुले विभिन्न समयमा यस्ता सहयोगका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै विद्यार्थी भाईबहिनीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।
यस्तै आश्रमकी सञ्चालिका कला गुरुङले सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो परिवार र बालबच्चालाई मात्र त पशुपंक्षिले पनि पालनपोषण गर्ने तर मानवको रुपमा जन्म लिईसकेपछि दुखी गरिब र असाहयलाई पनि सेवा गर्न सक्नु नै सबैभन्दा ठुलो धर्म हुने वताएकी थिईन ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया मगरले आश्रीत बालबालिकालाई गरेको सहयोगले उनीहरुको लक्ष्य र उद्धेश्य हासिल गर्न सघाउ पुर्याउने वताउँदै यसमा राज्यले पनि ध्यान दिनुपर्ने र सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिएकी थिईन ।
उक्त अवसरमा आश्रमका १०८ स्वामी विष्णु वशिष्ठ महाराजले आश्रममा रसाईली परिवारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरताको लागी आग्रह गरेका थिए ।
Discussion about this post