• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home विचार/ब्लग

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा

Lekhnath Khabar by Lekhnath Khabar
February 22, 2024
in विचार/ब्लग, समाचार
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले पोखरा महानगरपालिकाको कार्यसम्पादन प्रगति प्रतिबेदनको नतिजा प्रति आफु पनि जिम्मेवार रहेको बताएका छन्। महानगर प्रमुखले कार्यकारी बैठकको निर्णयभन्दा बाहिर गएर गरेका निर्णय तथा कामकारबाहिले गर्दा पोखरा महानगरले कार्यसम्पादनमा उल्लेख्य प्रगति नगरेको प्रति आत्मालोचना गर्दै आफु पनि जिम्मेवार रहेको बताए।

आदरणीय आमाबुबा, दाजुभाइ तथा दीदीबहिनीहरु
पोखरा महानगरपालिकाको कार्यसम्पादन प्रगति प्रतिबेदनको नतिजा हेरेर समग्र पोखरा बासिजस्तै म पनि लज्जित छु । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य हुनुको नाताले यो दोषको भागिदार म पनि कहि न कहि छु । मैले पोखराको शु-शासन र बिकासका लागि कार्यपालिकामा जति बिषय उठाउन पर्ने हो त्यति उठाउन सकिन कि भन्ने पनि लाग्छ तर सत्य तपाईं हामीले सोचेभन्दा फरक छ । कार्यकारी बैठकको निर्णयभन्दा बाहिर गएर पोखरा महानगरपालिका प्रमुखले गरेका निर्णय र कामकारबाहिका कारण आज पोखराले यो नियति भोगिरहेको छ ।

देशभरिका नागरिकको पहिलो रोजाई पर्ने सुन्दर महानगर नतिजामा अन्तिम हुनु दुखद कुरा हो। सामुहिकतामा निर्णय गरेर त्यसको कार्यन्वयन गर्न सकेको भए आज हामीले यति धेरै असफता ब्यहोर्न पर्ने थिएन । कार्यपालिका बैठकमा सुन्दर पोखरा निर्माणका लागि प्रयाप्त छलफल र बहस भएको भए आज यो समस्या पर्ने थिएन । महानगरले बनाएका बिषयगत समितिहरुलाई कार्यकारी जिम्मा दिएर काम गर्न सकेको मात्र भए पनि पोखराको बिकासले अर्को चरणमा प्रबेश गरिसकेको हुन्थ्यो ।हामीलाई पनि पोखराको जनप्रतिनिधि हौँ भन्दा गर्व हुन्थ्यो तर त्यसो हुन सकेन ।

हामीलाई पोखराका सडकमा परेका ठुला खाल्डोहरुले,सडक बिच भएर बग्ने बाढिहरुले जिस्काई रह्यो ।बैठकमा ठुला ठुला कुरा गर्ने तर व्यबहारमा शून्य महानगर प्रमुखको बानीले हामी पनि मतदाता सामु अपमानित हुनुपर्यो । महानगर प्रमुखले जनजिविका सबालमा भन्दा पनि चर्चाका लागि काम गर्दा पोखराका बिकासले गति लिन सकेन । प्रगति बिबरणले दुर्गती ब्यहोर्दा कार्यपालिका सदस्यहरुले पनि केही गरेनन कि भनेर प्रश्न उठ्नु स्वभाबिक हो ।तर हामीले कार्यपालिका बैठकमा बिषयहरु गम्भीर ढङ्गले उठाएका नै छौँ तर त्यसलाई सुन्ने तर लागू नगर्ने क्रमले निरन्तरता पाईरह्यो ।

अब कार्यपालिका बैठकलाई रहस्यको कोठरीबाट बाहिर निकालेर जनचासो र खबरदारीको केन्द्र बनाउन पर्ने आवश्यकता छ ।अब बैठकमा भएका छलफल र बिषय आम जनताले पनि थाह पाउन जरुरी छ । सबैले आ-आफ्नो कर्मको फल खाने हो । गल्ति गरेकाले गाली र काम गरेकाले ताली खाने परम्पराको थालनीले मात्र सत्यको उजागर हुन्छ त्यसकारण अब हुने कार्यपालिका बैठको प्रत्यक्ष प्रशारण गर्न जरुरी छ ।बैठकमा कस्ले के बिषय उठाए कसले पोखराको बिकासको लागि बहस गर्यो भनेर हेर्न र सुन्न पाउने अधिकार सम्पुण नागरिकको हो ।

अन्त्यमा
यो दोषारोपण मात्र गर्ने समय पनि होईन,हाम्रा कामकारबाहि र गतिबिधिहरु जनमैत्री नहुनाको कारणले जनतामा गतिलो सन्देश पुगेको छैन ।आज पोखरा महानगर यो अबस्थासम्म आउनका लागि सबैले आफ्नो आफ्नो भागमा पर्ने जिम्मा लिन तयार हुनै पर्छ म पनि मेरो भागमा पर्ने जिम्मेबारि लिन तयार छु ,अब पनि हामीलाई असफल हुन छुट छैन पोखरालाई पहिलो बनाउनका लागि सबैले सहि नियतका साथ छलफल गरौँ । रहर लाग्दो र भरलाग्दो पोखरा महानगर निर्माणका लागि सबै एकजुट भएर लागौँ । अबको बर्षमा पोखराले बिकासको फड्को मार्न सफल हुनेछ ।

नरेन्द्र थापा
अध्यक्ष
वडा नं २६ पोखरा महानगर पालिका

Previous Post

‘महानगरको कार्यसम्पादन प्रगति प्रतिबेदनमा म पनि जिम्मेवार छु’ – नरेन्द्र थापा

Next Post

पोखरा–२६ मा खुल्ला भजन चुट्का प्रतियोगिता हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा–२६ मा खुल्ला भजन चुट्का प्रतियोगिता हुने

पोखरा–२६ मा खुल्ला भजन चुट्का प्रतियोगिता हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?