दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पौवामा चितुवा फलामको खोरमा (पासो) परेको छ । यो संगै तनहुँमा १० वटा चितुवा पासोमा परेको डिविजन बन कार्यालय तनहुँले जानकारी दिएको छ ।
शनिबार बिहान गाउँपालिका २ स्थित पौवाको बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो । पासोमा परेको भाले चितुवा रहेको सहायक बन अधिकृत सुरेश कुमार भुजेलले जानकारी दिनुभयो । हाल उक्त चितुवालाई जिल्ला बाहिर व्यवस्थापन गर्ने तयारि भईरहेको बताउनुभयो ।
अहिलेसम्म उक्त चितुवाको खेरमा ५ वटा चितुवालाई पार्न सकिएको भुजेलले जानकारी दिनुभयो । जिल्लाको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो केहि समय अघि भेरै नै आतंक मच्याएको बताउनुभयो ।
Discussion about this post