दमौली । तनहुँको भानु नगरपालिका वडा नं. ५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्रि सडक खण्डमा मोटरसाईकलले ठक्कर दिदा एक बालक घाईते भएका छन् ।
भाईते हुनेमा सोही वडाको बाङ्गेरुवा भन्ने ठाउँका ८ बर्षीय आईज्याक सिमखडा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । चन्द्रावतीबाट डुम्रे तर्फ जादै गरेको बा ७० प ६९०१ नं को मोटरसाईकलले पैदलयात्री सिमखडालाई ठक्कर दिएको थियो ।
बालक सिमखडाको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले बताएको छ । हाल उक्त बालकलाई उपचारको लागि पुरानो मेडिकल कलेज भतरपुर चितवन लगिएको छ ।
घटनापश्चात केही समयपछि प्रहरी टोली दुर्घटनास्थ्लमा पुगेको थियो । साथै ठक्कर दिएको मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
Discussion about this post