कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ र ९ जोड्ने गरी सेतीनदीमथि गण्डकी प्रदेश सरकारको योजनामा “गाछेपानी–घारी मोटरेबल पुल” निर्माण हुने भएको छ । शनिबार घारीमा आयोजित भेलाल मोटरेबल पुल निर्माणको लागि सहयोग समिति गठन भएको छ । समितिका अध्यक्ष सरण साप्कोटा सहित १९ सदस्य समितिको गठन भएको छ । समितिमा उपाध्यक्ष सन्तु ढकाल, सचिव अस्मिता खनाल, कोषाध्यक्ष नवराज तिवारी र सहसचिव सुमन श्रेष्ठ चयन हुनुभएको छ ।
यसै गरी सदस्यहरूमा विशाल के.सी, अनिष कुमार ढकाल, हरिलाल रिमाल, उदयराज गुरूङ, मुक्ति सापकोटा, सुरेन्द्र तामाङ, रमेश भुजेल, टेक नारायण कोईराला, राजु श्रेष्ठ, अप्सरा भण्डारी, शर्मिला विश्वकर्मा, विनोद वाग्ले र बुद्धिमायाँ गुरूङ रहनुभएको छ ।
सेती नदी पारी बसोबास गर्ने शुक्लागण्डकी र स्याङ्जाका बासिन्दालाई आवतजावत र पेशा व्यवसायको प्रवर्द्वनमा समेत समस्या परिरहेको भन्दै प्रदेश सभा सदस्य आशा कोईरालाले मोटरेबल पुल बनेपछि उक्त समस्या समाधान हुने बताउनुभयो । प्राविधिकहरूबाट प्रारम्भिक अध्ययन भैसकेको भन्दै कोईरालाले छिट्टै विस्तृत सर्वेक्षण प्रतिवेदन डिपीआर तयार पारिने जानकारी दिनुभयो ।
उक्त भेलामा प्रदेश सभा सदस्य आशा कोईरालाको साथमा शुक्लागण्डकी नगरपालिका वडा नं. २ का अध्यक्ष जगत बहादुर गुरूङ, वडा नं ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, नगर कार्यपालिका सदस्य गिता महत लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post