• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home फिचर

नेतृत्व गर्ने कि नेता हुने त : जनार्दन लामिछाने

Lekhnath Khabar by Lekhnath Khabar
September 25, 2023
in फिचर, राजनीति, विचार/ब्लग, समाचार
0
0
SHARES
580
VIEWS
Share on FacebookShare on Twitter

अहिले पछिल्लो समय जो पनि नेता भएका छन् ती नेता टोले गुण्डाजस्तै देखिन्छन्। नेता हुनु र नेतृत्व गर्नु अलग कुरा हो। नेता मात्रैले नेतृत्व नगर्न सक्छन् तर जसले नेतृत्व गर्छ, ऊ खास नेता हो । असल नेता हुन अझ नेतृत्व गर्न त्यति सहज छैन । असली नेता त्यो हो, जसले भिडलाई पछि लगाउन सक्छ । भिडको पछि लाग्ने त नेता नै होइन । तर, विडम्बना नेपालमा भिडलाई पछि लगाउने भन्दा भिडको पछि लाग्ने ‘कथित नेता’ हरूको संख्या लगभग शतप्रतिशत नजिक छ ।

आजको मूल प्रश्न नै यही हो कि, नेतृत्व गर्ने कि नेता हुने त ? कुनै पनि सामाजिक, आर्थिक, साँस्कृतिक आदि पक्षको वृत्ति- विकासको लागि नेता नै हुनुपर्छ भन्ने छैन । तर काम गर्ने आँट, दृढ विश्वास अनि समाज रुपान्तरणको सपना देखियो भने नेता हुन जरुरत नै पर्दैन । नेतृत्व स्वतः आइपुग्छ । कहिलेकाहीँ मान्छेको कर्मले नै पद खोज्दै आइपुग्छ । तर, जसले बढी पद खोज्छ, आर्थिक लाभमा ध्यान दिन्छ, त्यस्ता प्रवृत्ति भएका व्यक्ति नेतामात्रै चाहिँ हुनसक्छ । तर, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दैनन् । अर्थात् नेतृत्व गर्न सक्दैनन् । अहिलेको मुख्य समस्या नै यही हो कि, पार्टी-आन्दोलनलाई उचाइमा लाने कि आफू नेता बन्ने ? ।

पछिल्लो समय पार्टी र आन्दोलन कमजोर किन नहोस्, कुनै प्रवाह नराख्ने तर जसरी पनि आफू नेता बन्न लागि पर्ने । यो प्रवृत्ति अधिक रहेको छ ।  नेपालमा पछिल्लो समयमा च्याउसरी पार्टी निर्माण हुनुमा यो पनि एक प्रमुख कारण हो ।

असोज १५ र १६ गते नेकपा एमालेको गण्डकी प्रदेश कमिटीको अधिवेशन हुँदैछ । यो अधिवेशन महत्वपूर्ण छ किनभने, गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन हो । यसअघि लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । लुम्बिनीले नेतृत्व प्रत्यक्ष चुनेर एक खालको सन्देश प्रवाह गरिसकेको छ । गण्डकीले यो अधिवेशनबाट के सन्देश दिन्छ त ? गण्डकी प्रदेश कमिटीका केही कार्यभार छन् । जुन कार्यभारले पार्टी काम उठाउन र जनतासँग प्रत्यक्ष जोडिन सहज हुन्छ ।

ती कार्यभार निम्नानुसार छन्- युवापुस्ताहरूको पलायन रोक्नु प्रमुख चुनौती छ । कार्यकर्ताहरुलाई कम्युनिष्ट आन्दोलन, मार्क्सवाद, जबज आदि विषयमा प्रशिक्षण दिएर वैचारिकरूपमा धारिलो बनाउनुपर्ने चुनौती छ । नेता, कार्यकर्ताहरूको उचित व्यवस्थापन गर्नुपर्ने छ । नेतृत्वको जाम खुलाउने चुनौती छ ।

पार्टीमा युवापुस्ता र पहिलो/दोश्रो पुस्ता मिलाएर नेतृत्व स्थापित गर्ने मुख्य चुनौती छ । पार्टीविरुद्ध चौतर्फी घेराबन्दी छ, त्यो घेराबन्दीलाई तोड्दै पार्टीलाई एकढिक्का बनाएर जनतामाझ जान झनै चुनौती छ । हो, गण्डकी प्रदेशमा यस्तै चुनौती सामना गर्ने नेतृत्वको खाँचो छ ।

Previous Post

पोखरा मणिपाल अस्पतालका डाक्टर कुटिए, एकजना पक्राउ

Next Post

नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको अध्यक्षमा ठाकुर

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको अध्यक्षमा ठाकुर

नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको अध्यक्षमा ठाकुर

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?