लेखनाथ, ६ असोज
नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ कास्कीको अध्यक्षमा ठाकुर प्रसाद घिमिरे चयन भएका छन । संस्थाको शनिबार सम्पन्न १३औं साधारण सभा तथा ७औं अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
नव गठित संस्थाको उपाध्यक्षमा मेघनाथ मरासैनी, सचिवमा ध्रुवराज पौडेल, सह–सचिवमा कल्पना अधिकारी, कोषाध्यक्षमा दुर्गालेवी अधिकारी, सदस्यहरुमा सोम बहादुर थापा, माया देपी कुमाल (ख), देउ बहादुर गुरुङ, विवा बि.क., शान्ता आचार्य र राधा देवी ढकाल(ख) रहेका छन ।
यस्तै सुर्य प्रसाद गौतमको संयोजकत्वमा देवी प्रसाद सुवेदी र मिना श्रेष्ठ खड्का सदस्य रहने गरि लेखा समिति समेत गठन गरिएको निर्वाचन समितिका संयोजक अर्जुन ओझाले जानकारी दिए ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले टोल विकास संस्था मान्यता प्राप्त एवं अधिकार प्राप्त संस्था भएको वताउँदै नविकरण र लेखदापरिक्षण जस्ता कार्यहरुलाई चुस्त दुरुस्त राख्न आग्रह गर्दै आगामी दिनमा वडाले विभिन्न विकास निर्माण एवं योजना निर्माण लगायतका कार्यहरुमा जिम्मेवारी दिएर सहकार्य गर्ने वताएका थिए ।
वडाध्यक्ष गुरुङ्गले स्थानियलाई सिप सिकाउने मात्र नभई उद्यमशिल बनाउने विषयमा समेत वडाले विभिन्न कार्यक्रम ल्याउने, वजेट विनियोजन गर्ने तर टोल विकास संस्थाहरुले पनि परिणाम देखीने गरि कार्य गर्नुपर्ने वताएका थिए ।
पोखरा महानगरपालिका गरिबि निवारण महाशाखाका प्रमुख रविन्द्र अधिकारीले टोल समाजलाई समुन्नत बनाउन टोलविकास संस्थाले महत्वपुर्ण भुमिका खेल्न सक्ने वताउँदै सक्रियतापुर्वक लाग्न आग्रह गरेका थिए । उक्त अवसरमा संस्थाका १० जना वृद्ध वृद्धाहरु र २ जना उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नौविसे दुग्ध उत्पादक सहकारी संस्थाका सचिव सञ्जय बाबु भट्टराई, संस्थाका सल्लाहकार ठगेन्द्रप्रसाद अर्याल र शिव पौडेल लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष प्रमोद कुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शान्ता पौडेलले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद लामिछानेले गरेका थिए ।
Discussion about this post