लेखनाथ, ६ असोज
भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठान आयोजनामा पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण मन्दिरमा सञ्चालित श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) शनिबार सम्पन्न भएको छ ।
गत भदौ ३० देखि सुरु महायज्ञमा ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले कथा वाचन गरेका थिए । वैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत् जयन्ती अवसर पारी आयोजित महायज्ञमा भक्तजनको उल्लेख्य उपस्थीती रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बाृधन गर्दै प्रमुख अतिथि एवं प्रतिष्ठानका पिठाधिश मुकुन्दशरण उपाध्यायले पछिल्लो समयमा हिन्दु धर्मको अन्तर्यको विषयमा ज्ञाताहरुको समेत कमी देखीन लागेकाले यस विषयमा ज्ञान छर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको वताउँदै भक्तजनहरुको उपस्थीतीले आफुहरुलाई हौसला मिलेको वताएका थिए ।
प्रतिष्ठानका सल्लाहकार माधवशरण उपाध्यायले महायज्ञ आयोजना गर्नुुको मुख्य उद्धेश्य आध्यात्मीक भावनाको जागरण ल्याउनु भएको वताउँदै भक्तजनहरुलाई दान गर्न प्रेरीत नगरिएको वताउँदै स्वस्फुर्त रुपमा प्राप्त भएका दान मन्दीरको नाउँमा जम्मा गरिएको वताए ।
प्रतिष्ठानका सल्लाहकार एवं राधाकृष्ण मन्दिरका सह–अध्यक्ष गणेशबहादुर खत्रीले सप्ताह कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभए पनि भक्तजनबाट स्वतस्फूर्त दान तथा सहयोग प्राप्त भएको बताए । कार्यक्रममा ब्राश्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद अधिकारी, राधाकृष्ण गुरुकुलका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मी लगायतले बोलेका थिए ।
उक्त अवसरमा उत्कृष्ट कथावाचकहरु खोजीका लागी भागवत जयन्तीको अवसर पारेर आयोजित भागवत वाचन प्रतियोगितामा गुरुकुल बेद विद्याश्रम मावि स्याङ्गजाका गोपाल प्रसाद रेग्मी प्रथम, पोखरा चिसाखोला वेद विद्याश्रममा हरि आचार्य द्धित्तीय, केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमका गणेश भण्डारी तृतीय र परमानन्द संस्कृत गुरुकुल आवासिय मावीका सुफल खराल सान्त्वना हुन सफल भएका छन । प्रतियोगितामा जम्मा ९ जना प्रतियोगिको सहभागिता रहेको थियो ।
यस्तै शनिबार नै महायज्ञ सम्पन्न गर्न महत्वपुर्ण योगदान गर्ने एवं भागवत संस्कृतिको उत्थानमा लागेका विभिन्न व्यत्तित्वहरु प्रमुख वाचक ईश्वरकृष्ण महाराज, भागवत श्री अध्ययन प्रतिष्ठानका पिठाधीश मुुकुन्दशरण उपाध्याय, अध्यक्ष भक्ति पाध्य अधिकारी लाई अभिनन्दन समेत गरिएको थियो ।
प्रतिष्ठान अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार माधवशरण उपाध्यायले स्वागत गरेका थिए भने अभिनन्दन वाचन प्रतिष्ठानका उपाध्यक्ष विष्णु प्रसाद पौडेल र कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिक्देलले गरेका थिए ।
Discussion about this post