लेखनाथ, १० असोज । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्षमा विष्णु प्रसाद लमिछाने चयन भएका छन । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा तथा छैटौं अधिवेशनले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।
१ जना सदस्य पछि थप गर्ने गरी गठित समितिको उपाध्यक्षमा सुधनराज अधिकारी, सचिवमा कृष्ण पौडेल, सह–सचिवमा तेज कुमारी शाहि राणा, कोषाध्यक्षमा संगिता बाँस्तोला, सदस्यमा बल प्रसाद पौडेल, तारानाथ भट्टराई, मेख बहादुर गुरुङ, भुवन तिवारी र रिता नेपाली रहेका छन ।
अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिंदै लामिछानेले संस्थाका विभिन्न कार्यक्रम र कार्ययोजनालाई समय सापेक्ष परिमार्जन गर्दै व्यवसायमा आधुनिकिकरण गर्ने प्रयासमा आफु लाग्ने र सम्पुर्ण कुटानी पिसानी व्वयवसायीहरुको शिर कहिल्यौ नझुक्ने गरि सबैलाई समेटेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले संघ सम्पुर्ण उद्योगी व्यवसायीहरुको साझा संस्था भएको वताउँदै संस्थागत सदस्यको रुपमा आवद्ध हुन आग्रह गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामजी पौडेल, होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष बिरभद्र कँडेल, संसथाका सल्लाहकार टिकाप्रसाद खनाल, कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेल, व्यवसायीहरुको तर्फबाट बिरेन्द्र बानिया लगायतले बोलेका थिए । उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष टिकाराम भुर्तेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुधनराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष विष्णु गौतमले गरेका थिए ।
Discussion about this post