लेखनाथ खबर सम्बाददाता
पोखरा – पोखरा मणिपाल अस्पतालका डाक्टर माथि बिरामीका आफन्तले कुटपिट गरेका छन्।
पोखरा ५ का विनय गुरुङले डाक्टर अनिल शाहलाई कुटपिट गरेको आरोपमा गुरुङ लाई प्रहरीले पक्राउ गरेको छ ।
लमजुङबाट ल्याइएकी ५७ वर्षीया बिरामीको उपचारका क्रममा निधन भएपछि सोमबार डाक्टर शाहमाथि हातपात भएको थियो ।
बिरामीका आफन्तले डाक्टर माथि हातपात गरेपछि मणिपाल अस्पतालमा तनाव ग्रस्त बनेको छ।
Discussion about this post