• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

नेपालले पहिलोपटक अन्तरिक्षमा अनुसन्धान गर्दै

Lekhnath Khabar by Lekhnath Khabar
November 21, 2020
in राष्ट्रिय, समाचार
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको छ । अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएसँगै नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको हो ।

एसिया तथा प्रशान्त क्षेत्रका अन्तरिक्षमा अनुसन्धान गर्ने वैज्ञानिक संस्थाहरूको छाता संगठन एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमले पृथ्वीमा रहेका जडीबुटीलाई गुरुत्वाकर्षण मुक्त क्षेत्रमा अंकुरण गराउँदा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अन्तरिक्षमा अनुसन्धान गर्न लागेको छ । विभिन्न एसियाली मुलुकमा पाइने जडीबुटीलाई अनुसन्धानको लागि अन्तरिक्षमा लैजाने क्रममा फोरमले नेपालबाट तुलसीको बिउलाई अनुसन्धानमा समेटेको छ । सोही अनुसन्धानमा नेपाली वैज्ञानिक संस्थालाई समेत संलग्न गराइएको हो ।

फोरमको २०१९ नोभेम्बर २६–२९ सम्म जापानमा बसेको बैठकले नेपाल, जापान, ताइवान, भियतनाम, बंगलादेश लगायतका देशमा रहेका छुट्टाछुट्टै जडीबुटी अन्तरिक्षमा अध्ययनको लागि पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप नेपालबाट बैठकमा प्रतिनिधित्व गरेको संस्था नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले तुलसीको बिउलाई अन्तरिक्षमा पठाउन प्रस्ताव गरेको थियो ।

अनुसन्धानका लागि नेपालबाट पठाइएको तुलसीको बिउलाई डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाइँदै छ
सो प्रस्ताव स्वीकृत भएसँगै नासा स्पेस सेन्टरबाट तुलसीको बिउ डिसेम्बर २ मा अन्तरिक्ष पठाउन लागिएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नास्टले जनाएको छ । सो अनुसन्धानको उद्देश्य भनेको पृथ्वीमा रहेका मानिसमा यस्ता जडीबुटीको अधिक उपयोगिता कसरी प्रदान गर्न सकिन्छ भन्ने हो ।

यद्यपि सो अध्ययन भने नास्टका वैज्ञानिकहरूले गर्ने नभई नास्टको स्वीकृतिमा नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले गर्न लागेको हो । उक्त रिसर्च सेन्टर गैरनाफामूलक गैरसरकारी संस्था भए पनि नेपालको सरकारी स्पेस एजेन्सी नभएका कारण विगत १० वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएको सो रिसर्च सेन्टरले अहिले एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमको बैठकमा भाग लिँदै आएको छ ।

सोही संस्थामार्फत् अन्तरिक्षमा अध्ययन गर्नको लागि यसअघि नै नास्टले सिफारिस गरेर कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले समेत आवश्यक स्वीकृति दिइसकेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । तुलसीको बिउमाथि अध्ययन गर्ने भएकोले केन्द्रबाट पनि स्वीकृति लिनु परेको हो ।

यी दुई निकायको स्वीकृतिपछि अहिले अनुसन्धानको लागि तुलसीको बिउ नासा स्टेसनमा पुगिसकेको र डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा बिउ पठाउन लागिएको नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

अन्तरिक्षमा अनुसन्धान गर्ने सो फोरममा अमेरिका, चीन, भारत लगायत ५१ मुलुकका वैज्ञानिक संस्थाहरू संलग्न छन् । जसमध्ये यसपटकको अनुसन्धान सम्बन्धी परियोजनाको जिम्मा कृष्णराज अधिकारीको अध्यक्षतामा रहेको उक्त रिसर्च सेन्टरलाई दिइएको हो ।

सो रिसर्च सेन्टरले अहिले ८ वर्षदेखि ११ वर्षसम्मका बच्चाहरुलाई स्पेस सम्बन्धी ज्ञान दिने, ११ वर्षदेखि १६ वर्षसम्मका बच्चालाई रकेट कसरी बनाउने रु भन्ने बारेमा सिकाउने, उनीहरुलाई यही विषयमा प्रतिस्पर्धा गराउने लगायतको काम गर्दै आएको छ ।

Previous Post

उदाउँदो सूर्यलाई अर्घ दिइयो, छठ पर्व सम्पन्न

Next Post

घलेगाउँ घरबासमा पर्यटकहरुको चहलपहल बढ्यो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
घलेगाउँ घरबासमा पर्यटकहरुको चहलपहल बढ्यो

घलेगाउँ घरबासमा पर्यटकहरुको चहलपहल बढ्यो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?