लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको पर्यटकीय क्षेत्रको रुपमा परिचत घलेगाउँ घरबासमा पर्यटकहरुको संख्या बढ्न थालेको छ । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि पनि पर्यटकहरुको चहलपहल न्यून थियो । तर यतिबेला दैनिक ३०÷३५ जना पर्यटक घलेगाउँ आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिनुभयो ।
घलेगाउँमा विगतमा दैनिकी रुपमा ४०० को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले हुने गरेको तर हाल पर्यटकको पर्खाइमा रहनुपरेका अध्यक्ष घलेले जानकारी दिनुभयो । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेको उँहाले जानकारी दिनुभयो ।
पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको घलेले बताउनुभयो । क्होलासोथर गुरुङ जातिको उद्गमस्थल रहेको उक्त ठाउँ विसं २०५७ बाट घलेगाउँ घरबास बनि जिल्लाकै पहिलो घरबासको रुपमा स्थापित भएको उहाँले जानकारी दिनुभयो ।
कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका त्यहाको घरबास सञ्चालक दीर्घराज घलेले हाल आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेको बताउनुभयो ।
घलेगाउँबाट लमजुङ, अन्नपूर्ण (दोस्रो) र चौथो, माछापुच्छे«, मनास्लु, हिमालचुली, ङादीचुली ढडा हर्क हिमाल र वुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । लमजुङको सदरमुकाम बेँसीशहरबाट क्होलासोथर गाउँपालिका–३ घलेगाउँँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।
Discussion about this post