• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

विद्युतीय झिलीमिलीले नेपाली परम्परा विस्थापित

Lekhnath Khabar by Lekhnath Khabar
November 14, 2020
in धर्म संस्कृति, समाचार
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । दीपावलीमा माटोले बनाएको सामाग्री अनिवार्य रुपमा प्रयोग गर्नैपर्ने चलन छ । माटोको पूजा सामग्री बेचेर अन्य दिनको तुलनामा तिहार तथा छठमा आम्दानी हुने गरेको भए पनि अचेल ग्राहकको रोजाईमा विद्युतीय झिलीमिली पर्ने गरेको छ । यसले गर्दा माटोको कारोबारबाट खासै राम्रो आम्दानी नहुने गरेको व्यापारीहरु बताउँछन् ।

दशैँ सकेसँगै दीपावली र छठका लागि माटाको दियो बनाउने र बेच्ने काममा मानिसहरु व्यस्त हुने गर्छन् । तर माटोको दियो बेच्ने व्यापारीरुमा भने पहिलाजस्तो उत्साह छैन । आधुनिकतासँगै उनीहरुले बनाएका माटोको कलात्मक भाँडाहरुको बिक्रीमा कमी आएपछि व्यवसाय संकटमा परेको पर्सा पोखरीयाका जितन प्रसाद भन्नुहुन्छ ।

लक्ष्मीपूजा र आस्थाको पर्व दीपावली तथा छठका लागि माटोको दीयो, हाथी, ढकनी, घैँटोलगायतका सामाग्रीहरु बनाएर बेच्दै आएकोमा आजभोलि पहिलोको जस्तो बिक्री कम हुने गरेको बाराफेटाका अशोक कोहारले बताउनुभयो । ‘चाडपर्वको समयमा माटाका सामानहरुको माग पहिले पहिले बढी हुने गथ्र्याे,’ उहाँले भन्नुभयो, ‘आम्दानी पनि राम्रो हुन्थ्यो, तर अहिले भने पित्तल र चाइनिज सामान इलेक्ट्रोनिक सामाग्रीको प्रयोगले आफ्नो सामानको बिक्री घट्यो ।’

वीरगंज घण्टाघरमा माटोको सामाग्री बेच्दै गरेका एकजना कुम्हाले समुदायका स्थानीय पारस कोहार भन्छन्, ‘माटोको सामाग्री बनाएर निजगढ, सिमरा अमलेखगंज, पथलैया लगायत आफ्नै गाउँघरमा पनि बेच्दा छठ पर्वसम्मा करिब १ लाख रुपैयाको बिक्री हुन्थ्यो ।’
सिजनमा खेती किसानी गरेर धान नबेचे पनि माटोको सामान बेचेको त्यही पैसाले वर्ष दिनसम्म घरपरिवार चल्ने गरेको उहाँ सम्झनुहुन्छ । १६ वर्षको उमेर छँदै उनले सुरु गरेको यो व्यवसाय अब ५७ लाग्दा अर्को उपाय खोज्ने बाध्यता उहाँमाथि आइलाग्दैछ ।

पराम्परागत रुपमा चल्दै आएको यो व्यवसाय अब विस्तारै लोप हुँदै गएको छ । नयाँ पुस्ताले पनि सिकेनन् । इलेक्ट्रोनिक सामाग्री, मैनबत्तीलगायतका सामाग्री आएपछि बिक्री कम छ । पहिलेको भन्दा अवस्था र समय दुवै धेरै फरक भइसकेको उहाँहरुको बुझाई छ । मेहेनत र खर्च दुईटै बर्बाद भएकोमा उनीहरु विश्वस्त छन् । उनीहरु आफूहरुको उक्त परम्परागत पेशा संरक्षण र गरिबका लागि सरकारले सोच्नुपर्ने बेला आएको बताउँछन् ।

 

Previous Post

चाडबाडमा लागेको ऋण तिर्न खोलामा सुन खोज्दै बोटे समुदाय

Next Post

वडाको विकास धमाधम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
वडाको विकास धमाधम

वडाको विकास धमाधम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?