ढोरर्फिर्दी । शुुक्लागण्डकी नगरपालिका ८ स्थित ढोरफिर्दीमा वडाका विकासका लागि विभिन्न योजनाहरु सञ्चालन भई रहेका छन् जसमध्ये वडाले गौरवको योजनाको रुपमा अगाडी सारेको कालोपत्रेको काम तिव्र गतिमा अघि बढी रहेको छ ।
उत्तम टोल विकास संस्थामा भईरहेको कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
गत बर्ष नगरको र उपभोक्ताको साझेदारीमा ३४/३४ लाख गरी ६८ लाख रकममा ७ सय ५० मिटर बाटोको कलोपत्रे गर्ने काम सुरु गर्न लागिएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँ फर्काेदय मा.विदेखी शुक्ला मार्ग हुदै उत्तम टोलसम्म कालोपत्रे हुनेछ । उत्तम टोल विकास संस्थाले लेवर कन्ट्रयाकमा कालोपत्रेको काम गरिरहेको छ ।
केही समय महान चाड तिहारको बेला रहेको हुदाँ तिहार लगतै पिचको काम सुरु हुने रेग्मीले जानकारी दिनुभयो । हाल उक्त ठाउँमा ग्राबेलको काम भईरहेको छ ।
साझेदारीमा निमार्ण हुन लागेको कालोपत्रे मोटर बाटोको चौडाई न्यूनतम ६ मिटर र अधिकतम ८ मिटरसम्मको रहने छ भने उक्त मोटर बाटो टु वे को हुने छ ।
Discussion about this post