• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

शिक्षक एकनारायणको उपन्यास ‘निरुत्तर’ विमोचन

Lekhnath Khabar by Lekhnath Khabar
November 14, 2020
in समाचार
0
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल, दुलेगौडा  ।  लामो समय देखि शिक्षण पेशामा आवद्ध रहनुभएका एकनारायण भण्डारीको उपन्यास “निरुत्तर”को शनिबार विमोचन गरिएको छ । शिक्षण पेशासँगै साहित्यको क्षेत्रमा सक्रिय रहनुभएका भण्डारीले एक कार्यक्रम गरि आफ्नो पहिलो कृतिको रुपमा रहेको उपन्यास विमोचन गराएका हुन् ।बाराही साहित्य प्रतिष्ठिान तनहुँले आयोजना गरेको कार्यक्रममा विमोचित उपन्यास शुक्लागण्डकी नगरपालिका क्षेत्रकै पहिलो उपन्यास भएको यहाँका साहित्यकारले बताएका छन् ।

लेखक भण्डारीले लामो समयसम्म भएको लकडाउनको सदुपयोग गरि साहित्य क्षेत्रमा कलम चलाएर उपन्यास सिर्जना भएको बताउनुभयो । सुरुमा भण्डारीले आफ्ना रचना फेसबुकमा मार्फत प्रस्तुत गर्नुभएको थियो ।  उक्त रचना पश्चात धेरै व्यक्तिहरुले सकारात्मक प्रतिक्रिया दिन थालेसंगैं रचना गर्न थप हौसला मिलेको भण्डारीले बताउनुभयो । त्यसपछि क्रमश समसामयिक घटनालाई विभिन्न पात्र मार्फत प्रस्तुत गर्न थालेको जानकारी दिनुभयो । “साहित्य क्षेत्रमा लाग्नु अघि म नेपाली शिक्षक, धेरै कुरा मेरो मस्तिष्कमा छ, म त संसार जानेको छु भन्ने थोरै अहम चाहि म मा थियो ।” भण्डारीले भन्नुभयो, “जब लेख्न थाले, ति शब्दहरु खेलाउन थाले पछि पढाएका शब्दहरु बाहेक अरु त मेरो मस्तिस्कमा आएन ।”
भण्डारीले लेखेका लेख रचनाहरुको पहिलो पाठकका रुपमा पञ्चमुनि देव मा.विका शिक्षिका टुकादेवी आचार्य पौडेल र शान्तकुमार श्रेष्ठ रहेको उहाँले बताउनुभयो । “निरुत्तर” उपन्यास रचना गर्न सहयोग पु¥याउने मार्गदर्शकाको रुपमा दुई शिक्षकहरु रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा निरुत्तर उपन्यासको समिक्षकको रुपमा मिलन समिर रहन्भएको थियो । उहाँले उपन्यास आफैमा उत्कृष्ट रहेता पनि केही ठाँउमा पात्र भन्दा लेखक नै हाबि भएको बताउनुभयो । भण्डारीले कृति रचना गर्ने क्रममा समाजमा घट्ने क्रमलाई जस्ताको त्यस्तै उतार्छु भन्ने मनमा लिएका थिए । उतार्दा उतार्दै पनि घटना क्रममा आफु बाँधिएको कारण पात्रहरुको ठाउँमा लेखक लै हाबि हुनुपरेको भण्डारीले बताउनुभयो ।

बाराही साहित्य प्रतिष्ठान तनहुँका अध्यक्ष ठाकुरप्रसाद बाग्ले साथै शेषमणि आचार्य, अजित क्षेत्री, धु्रवकुमार मल्ल लगायत विभिन्न साहित्य क्षेत्रका व्यक्ति, शिक्षक तथा समाजसेवी व्यक्तिहरुले पहिलो रचना नै उत्कृष्ट रहेको भन्दै आगामी दिनहरुमा थप रचनाका लागि अगाडी बढ्न प्ररित गरेका थिए ।

 

Previous Post

वडाको विकास धमाधम

Next Post

युवाजति खाडीमा, नेताजति चिल्ला गाडीमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
युवाजति खाडीमा, नेताजति चिल्ला गाडीमा

युवाजति खाडीमा, नेताजति चिल्ला गाडीमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?