भिएना । अस्ट्रियाको राजधानी भिएनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
घटनामा १ जना आक्रमणकारी समेत मारिएको बीबीसीले जनाएको छ । यस्तै अर्का एकजनालाई पक्राउ गरिएको तथा अर्का एक जना फरार रहेको बताइएको छ । राइफलसहित आएका व्यक्तिहरूले विभिन्न ६ स्थानमा स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ ।
घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भनेका छन् ।
Discussion about this post