• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

होसियार ! चाडपर्वमा रक्सी र मासु अत्याधिक सेवन गरे क्यान्सर

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in Uncategorized
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ८ काठमाडौं । विभिन्न चाडबाडको अवसरमा हामीले प्राय रक्सी र मासु सेवन गर्ने चलन छ । दशैं तिहारको अवसरमा आफ्नो घर परिवार, आफन्त र साथीभाईसँग भेट गरेर एक आपसमा सुख दुखका कुराहरु सेयर गर्दै रक्सी र मासु खाने चलन छ ।

तर अधिक रक्सी सेवनबाट कलेजोको रोग, स्ट्रोक, मुटु रोग र क्यान्सरको सम्भावना बढी हुन्छ । उच्च रक्तचापको प्रमुख कारण रक्सी सेवन पनि हो । रक्सीमा अत्याधिक शक्ति हुन्छ । यसबाट शरीरलाई प्रसस्त क्यालोरी प्राप्त हुन्छ । यसले शरीरको तौल बढाउन मद्दत पु¥याउँछ । तौल घटाउन रक्सीको सेवन बन्द गर्नुपर्छ ।

उच्च रक्तचापका रोगीले रक्सी सेवन बन्द गरेमा रक्तचाप पनि कम भएर जान्छ । रक्सी थोरै मात्रामा सबैका लागि फाइदाजनक छ भनी निष्कर्ष निकाल्नु कदापि हुँदैन । रक्सी र मासु खाँदा बोसो जम्ने समस्या आउँछ । कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने चिकित्सकहरु बताउने गर्छन ।

कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको छ । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ । रक्सीको थोरै मात्रामा सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन चालू राख्ने या बन्द गर्ने निर्णय लिन प्रत्येक ६–६ महिनामा चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।

चाडपर्वमा प्राय सबैले मासु खाने गरेका छौं । नहुनेले पनि ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राखिन्छ। तर यस्तो पर्वमा मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा सचेत हुनु जरुरी छ । प्रायले मासु खाए पुग्यो भन्ने मान्याता राखिन्छ । गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यान सक्ने स्वाथ्यकर्मीहरुले बताउँदै आएका छन् ।

यस्तो चाडबाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले महत्वपूर्ण हुन्छ । मासु भन्नासाथ खसी, बोका, भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस र माछा बुझिन्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

मिर्गौलारोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुने बताइएको छ ।

Previous Post

बाबुराम र हिसिलालाई कोरोना संक्रमण

Next Post

सुनिल र एलिनाको छमछमी नचाउने मसला, भट्टीमा आउने ग्राहकको कथा(भिडियो)

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
सुनिल र एलिनाको छमछमी नचाउने मसला, भट्टीमा आउने ग्राहकको कथा(भिडियो)

सुनिल र एलिनाको छमछमी नचाउने मसला, भट्टीमा आउने ग्राहकको कथा(भिडियो)

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?