• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

Lekhnath Khabar by Lekhnath Khabar
October 24, 2020
in अन्तर्राष्ट्रिय
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

टोकियो, कात्तिक ७ । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनपश्चात् पहिलोपटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो ।

नयाँ सम्झौताअनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको मोटर निर्माता निसानका अटो पार्टस् बेलायतमा निकासी गर्न सहज हुनेछ । यी दुवै सामग्रीमा लाग्दै आएका करका दरहरुमा व्यापक कटौती हुने सम्झौतामा उल्लेख छ ।

सम्झौता समारोहमा सम्बोधन गर्दै बेलायतका अन्तर्राष्ट्रिय व्यापारमन्त्री लिज ट्रसले उदाउँदो सूर्यको देश जापानसँग स्वतन्त्र व्यापार सम्झौता गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताउनुभयो ।

उहाँले एक स्वतन्त्र हैसियतमा व्यापार गर्न खुला भएको बेलायतका लागि जापानसँगको सम्झौता ऐतिहासिक रहेको पनि बताउनुभयो । जापानसँगको व्यापार करिब २० अर्ब डलर वृद्धि हुने अपेक्षा गरिएको यस सम्झौताले बेलायती कम्पनीहरुलाई जापानमा व्यापार र व्यवसाय गर्न सहज हुने विश्वास गरिएको छ ।

वित्तीय सेवाहरुले जापानमा बेलायती सामानको बिक्रीमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । अहिल्यै बेलायतको कुल निकासीमध्ये २८ प्रतिशत जापानमा हुने गरेको छ । बेलायतबाट आयात हुने कोट र जुत्ता, स्टिलटन चिज, सुँगुरको मासु र बिस्कुटसमेतका सामान जापानी बजारमा अझ सस्तिनेछन् ।

सम्झौता समारोहमा बोल्दै जापानका विदेशमन्त्री तोसीमिचु मोटेगीले विगतदेखि बेलायतसँग रहँदै आएको व्यापारिक सम्बन्ध थप सुदृढ हुने बताउँदै इ–कमर्स र वित्तीय सेवासमेत जापानमा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । जापानले यसअघि युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको थियो । जसमा बेलायत पनि सामेल सदस्य थियो ।

तर, युरोपेली युनियनबाट बेलायतको बहिर्गमन आगामी डिसेम्बरसम्ममात्र रहेकाले बेलायत र जापानबीच नयाँ सम्झौता भएको हो । जापान र बेलायतबीच भएको व्यापार सम्झौतालाई दुवै मुलुकका संसदले अनुमोदन गरेपछि आगामी सन् २०२१ बाट यो सम्झौता लागू हुनेछ ।

जापानको संसदले अर्को साता नै यो सम्झौता अनुमोदन गर्ने सम्भावना छ । जापानबाट बेलायतमा यसअघि वार्षिक करिब १४ अर्ब डलर बराबरको वस्तु तथा सेवा निर्यात हुने गरेको छ । जसमा अधिकांश सामान सवारी साधन, तिनका पार्टस् र अन्य मेसिनरी रहेका छन् ।

Previous Post

फ्रान्सले आगामी बर्षको मध्यसम्म कोरोना भाइरससंग जुध्नुपर्ने: इमानुएल म्याक्रों

Next Post

लिड्स युनाईटेडद्वारा एस्टन भिल्ला पराजित, बामफोर्डले गरे ह्याट्रिक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ
अन्तर्राष्ट्रिय

गैर-आवासीय नेपाली संघ स्लोभेनियामा वीरमान श्रेष्ठ

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको लागि नेपाली दुतावास स्थापनाको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाेहामा हरितालिका तिज
अन्तर्राष्ट्रिय

दाेहामा हरितालिका तिज

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना
अन्तर्राष्ट्रिय

कास्की आदर्श समाज कतारको बनभोज बधाई तथा शुभकामना

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !
अन्तर्राष्ट्रिय

जहाँ गाईलाई मानिन्छ खतरनाक जनावर !

Next Post
लिड्स युनाईटेडद्वारा एस्टन भिल्ला पराजित, बामफोर्डले गरे ह्याट्रिक

लिड्स युनाईटेडद्वारा एस्टन भिल्ला पराजित, बामफोर्डले गरे ह्याट्रिक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?