कार्तिक ७,
इन्डियन प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको छ । यूएईमा भएको उक्त खेलमा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गरे संगै जित हासील गर्न सफल भएको थियो ।
हैदराबादको जितमा मनिस पाण्डेले अविजित ८३ रन र विजय शंकरले अविजित ५२ रन बनाएका थिए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भएका थिए । खेलको अवधीमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उक्त खेलमा राजस्थानका लागि सन्जु सामसनले ३६ रन ,बेन स्टोक्सले ३० रन , रियान परागले २० रन, रोबिन उथप्पा १९ , जोस बट्लरले ९ रन गरे साथ जोफ्रा आर्चर १६ रनमा अविजित रहे । उक्त खेलमा राजस्थानका कप्तान स्टिभ स्मिथले १९ रन गर्न सफल भएका थिए । हैदराबादका जासन होल्डरले ३ विकेट लिएका थिए ।
विजय शंकर र राशिद खानले १र१ विकेट लिए । जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ भने राजस्थानले भने ११ खेलमा ८ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
Discussion about this post