पोखरा । पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत पोखरामा रहेका मोटरसाईकल वर्कसप र मोटर ग्यारेजमा कार्यरत १४ वर्ष भन्दा माथिका बालश्रमिकहरुको मनोभावना अभिबृद्धि तथा करियर काउन्सिलिङ साथै उनीहरुको सकारात्मक व्यावहार, पारिवारिक समबन्ध कायम गर्ने उद्देश्य बोकी भेला तथा बनभोज कार्यक्रम सम्पन्न गरियो ।
सो कार्यक्रममा उनीहरुको चेतना र शारीरिक प्रगतिको निम्ति बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक प्रिती पाण्डेले विभिन्न खेलकुद साथै मनोभावना र समस्या झल्कने लेख्य प्रतियोगिता समेत गरी उनीहरुको पिडा व्यथा समेत जानकारी लिएकी थिईन् ।
कार्यक्रममा सहभागीहरुले मनोरञ्जनका साथै उत्कृष्ट खेल प्रस्तुत समेत गरे ।
बाल बालिकाको क्षेत्रमा यस संस्थाले सधैं काम गरिरहने र उनीहरुको दैनिक जीवनमा आईपर्ने समस्या प्रति आफु सदा चनाखो रहने कुरा समेत उनीहरुलाई जानकारी दिदै हौसला समेत दिएको थिइन् ।
बनभोज कार्यक्रममा सहभागीले बालश्रमिकहरुले रायबाट हाम्रो अधिकार र सरक्षण समेत हुनुपर्ने, श्रमको उचि भरण पोषण गरिनुपर्ने कुरा समेत बताए ।
सहभागीहरुले कवि लेखनाथ संग्रालय समेत अवलोकन गरेका थिए ।
डिल्लीराम कार्की
Discussion about this post