• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

६ हजार तिरेर छुटे मनाङे

Lekhnath Khabar by Lekhnath Khabar
January 27, 2020
in समाचार
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटी बुझाएर रिहा भएका छन् । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङे ४ दिनपछि हिरासतबाट रिहा भएका हुन् । पीडित गुरुङले बुधबार आफुमाथि सार्वजनिक कार्यक्रममा झापड हानेको आरोप लगाउँदै उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा विहीबार पक्राउ परेका मनाङेलाई सरकारी वकिल कार्यालयले लिएको बयानका आधारमा जिल्ला प्रशासन कार्यालयबाट २ दिन म्याद थपिएको थियो । थप बयान दिएर उनी आइतबार साँझ रिहा भएका हुन् । सांसद मनाङेलाई आउँदो फागुन १३ गतेका लागि तारिख तोकिएको छ । उजुरीमा कुनै माग दावी नगरिएका कारण सामान्य धरौटीमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत मंगलबार लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटवक कार्यक्रमको उद्घाटन समारोहमै उनले एन्फा अध्यक्ष मिलन माथि कुटपिट गरेका थिए । आफूले झापड हानेको स्विकार्दै उनले एन्फाले गरेका भ्रष्टाचारको घटना बाहिर ल्याउन र आफ्नो जिल्लाका खेलाडीको ब्यवस्थापन राम्रो नगरेको आरोप लगाएका थिए । रिहा भएपछि पनि उनले जनप्रतिनिधिको जिम्मेवारी आफुले पूरा गरेको प्रतिक्रिया दिएका छन् । ‘म त कर्मचारी होईन नि । जनताले जिताएर पठाएको हो नि । मलाई मार्दैनन् भोलि उनीहरुले ?,’ उनले भने, ‘हाम्रो पोखरामा कोही छैन । सबै काठमाण्डौंमा छन् । यहाँ कसलाई भन्ने ? मैले सहयोग गर्नुपर्दैन ?’ नेताहरुले नै ठगको बोस बनेको उनले आरोप लगाए ।
राजनीतिक मुद्दा बनाईएको भन्दै उनले यो गलत भएको टिप्पणी गरे । ‘हामीले मुद्दा हाल्नुपर्नेमा उ आफै ठग्ने, आफै मुद्दा हालेको छ । मैले त्यसको विरुद्ध मुद्दा हालेको छैन । तर जव लडाईं सुरु भयो त्यसलाई राजनीतिक रुपमा जोडियो । मनाङबाट आएको क्लवलाई हेरेन भनेर मैले डिस्कस गरेको हो । तर यो मान्छेले यति ठूलो स्क्याण्डल गरिदियो । आफैले दुख पाईराछ,’ उनले भने, ‘यस्तो सामान्य डिस्कसलाई पनि राजनीतिक मुद्दा बनाईयो । यो राजनीतिक समस्या होईन ।’
उनले एन्फाको भ्रष्टाचार उजागर भएको बताए । ‘एन्फाको भ्रष्टाचार खुलेको छ । विदेशीहरुले नेपालीलाई पैसा पठाएको हुन्छ । खेलोस् भनेर । पाएको पैसा जति यिनीहरु एक्लै खाएका छन्,’ उनले थपे, ‘फिफाको पैसा सबै मिलेर खान थाले । एन्फाको अध्यक्षलाई हेर्नुस, जहिले प्लेनमा हिँड्छ, शेर्पा हो त्यो, खासमा पहिले गाइड हो त्यो, अहिले अध्यक्ष भएपछि बौलाएको छ, प्लेनमै सुत्छ रे त्यो ।’

Previous Post

बालश्रमिकलाई बनभोज

Next Post

सम्बन्ध विच्छेद गर्नेको संख्या बड्दो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
सम्बन्ध विच्छेद गर्नेको संख्या बड्दो

सम्बन्ध विच्छेद गर्नेको संख्या बड्दो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?