लेखनाथ । पोखरा–२७ स्थित राईजिङ्ग स्टार युथ क्लबले राइजिङ्ग स्टार कप पाँचौं पुरुष भलिबल प्रतियोगिता अवसरमा खेलाडी सम्मान गरेको छ ।
ढुंगेसाँघुमा सम्पन्न नेपाल क्युँकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६ का विजयी वडा २७ का कराँते खेलाडी र एथलेटिक्सका खेलाडी गोपबहादुर अधिकारीलाई सम्मान गरिएको हो ।
यस्तै, सम्मानित खेलाडीमा लिटल फ्लावर एजुकेशनल एकेडेमीमा अध्ययनरत ४५ केजी तौल समूहमा दोस्रो हुने राजन बिक, तेस्रो हुने शीतल कुमाल, ५० केजी तौलमा तेस्रो सम्राट सेन, खुला तौल समूहमा तेस्रो नवराज गुरुङ, महिलातर्फ ४० केजी तौल समूहमा दोस्रो ज्याक्सिना क्षत्री, ५० केजी तौलमा पहिलो सरगम कुमाल, दोस्रो सदीक्षा कुमाल र खुला तौलमा तेस्रो हुने रुवी क्षेत्री छन् ।
राइजिङ्ग स्टार कप पाँचौं भलिबल गरिरहेको क्लबले पर्यटकीय क्षेत्रबाट विकसित पोखरालाई खेलकुदको मार्फत योगदान दिएका वडा २७ का खेलाडीलाई सम्मान गरेकोे क्लब अध्यक्ष विष्णुप्रसाद गुरुङले जानकारी दिए ।
स्थानीय समाजसेवी भूपू सैनिक क्लब अध्यक्ष जगबहादुर गुरुङ, लिटल फ्लावर एजुकेशनल एकेडेमीका संस्थापक देवी खड्का, क्लबका अध्यक्ष विष्णु गुरुङ, वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ लगायतले खेलाडी सम्मान गर्दै प्रशिक्षक सुवास खड्काप्रति आभार व्यक्त गरे ।
Discussion about this post