इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि तीन-शून्यको जित निकालेको छ।
घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डि ब्रुइन र गुन्डोगनले एक एक गोल गरे। जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पहिलाे हाफ गोलरहित बराबरी खेलको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । ४६ औंँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
६५औंँ मिनेटमा केभिन डि ब्रुइनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । इलकाय गुन्डोगनले ७०औंँ मिनेटमा गोल थपेपछि सिटी तीन-शून्यले विजयी भयो ।
Discussion about this post